होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा बलात्कारको मुद्धा ९ लाखमा मिलाउन खोज्ने इन्सपेक्टर साउँदमाथि छानविन सुरु
समाचार

कञ्चनपुरमा बलात्कारको मुद्धा ९ लाखमा मिलाउन खोज्ने इन्सपेक्टर साउँदमाथि छानविन सुरु

  • नागरिक रैबार
कञ्चनपुरमा बलात्कारको मुद्धा ९ लाखमा मिलाउन खोज्ने इन्सपेक्टर साउँदमाथि छानविन सुरु

कञ्चनपुरमा बलात्कारको मुद्दा मिलाउन विचौलियाको भूमिका खेलेको आरोप लागेका प्रहरी निरिक्षक नैनसिह साउँदको अडियो सम्वाद बाहिरिएको छ। ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख समेत रहेका प्रहरी निरिक्षक साउँदले मुद्धा दर्ता गरी कानूनी प्रक्रिया अगाडी बढाउनुको सट्टा नौ लाख रकममा मिलाउने भूमिका खेलेको अडियो संवादबाट पुष्टि हुन्छ।

के थियो घटना ? 

गत साता कृष्णपुर नगरपालिका वडा नम्वर ४ मा २८ बर्षीय एक महिला घर भित्रै २४ बर्षीय पर–पुरुषसंग भेटिईन् र स्थानीयले ढोका लगाएर थुन्न खोजे। तर ति पुरुष भने झ्यालबाट भाग्न सफल भए। दोश्रो दिन महिलाका देवरले आफ्नो दाई कामका लागि  विदेश गएको समयमा स्थानीय रमेश धिक्तले बलात्कार गरेको भन्दै उजुरी दिए।

विज्ञापन

प्रहरीले महिलाका देवरको उजुरीको आधारमा धिक्तलाई पक्राउ ग¥यो। पक्राउ गरेपछि ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक नैनसिँह साउँद, महिला र धिक्त पक्षधहरुबिच मुद्धा रफादफा गर्न बार्गे्निङ सुरु भयो। महिला पक्षहरुले १६ लाख मागेको कुरा प्रहरी निरिक्षक साउँदलाई पनि जानकारी भयो।

त्यसपछि प्रहरी निरिक्षक साउँदलाई महिला पक्षका केही युवा र महिलाहरु भेट्न गए। प्रहरी निरिक्षकलाई मुद्धा लड्ने भन्दा दुवै पक्ष मिलाईदिन उनीहरुले आग्रह गरे। सोही कुराकानीमा प्रहरी निरिक्षक साउँदले ति महिलाले सुरुमा १६ लाख मागेको र अहिले झरेर ९ लाखमा मिल्न तयार भएको बताएका थिए।

जुन अडियो सार्वजनिक भएको छ। प्रहरी निरिक्षक साउँदले पनि जवरजस्तीकरणीमा मुद्धा दर्ता भईसकेपनि आपसी समझदारीमा केस मिलाउन सुझाएका थिए। सुरुमा १६ लाख र पछि ९ लाखमा बलात्कारको मुद्धा मिलाउन प्रहरी निरिक्षक कार्की नै सक्रिय रहेको कुरा अडियोमा स्पष्ट बुझिन्छ।

‘मुद्धाले जुन रुप पनि लिन सक्छ। कहिले–कहिले न्यायधिशको मुडमा भर पर्छ भने कहिले कसैको बयानमा भर पर्छ। कानुनबाट क्षतीपुर्ती पाउन निकै मुस्किल हुन्छ। उनलाई (महिलालाई) पनि मर्का नपरोस तपाईहरुलाई (महिला पक्षका अन्य) लाई पनि मर्का नपरोस।’

सार्वजनिक अडियोमा प्रहरी निरिक्षक साउँदले भनेका छन्। यता ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक साउँदले भने केटा र केटी पक्षबिच बार्गे्निङ भएको जानकारी पाएपनि त्यस्मा आफ्नो कुनै संग्लनता नरहेको दावी गरे। ‘मैले नै बार्गे्निङ गर्ने भए मुद्धा दर्ता किन हुन्थ्यो,’ प्रहरी निरिक्षक साउँदले भने, ‘मुद्धा दर्ता गर्दै कानुनी प्रक्रिया अगाडी बढाएको छु।’अहिले ती महिलालाई कृष्णपुरको एक पुर्न स्थापना केन्द्रमा राखिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार