होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • दाङ उपनिर्वाचन : पुरुषभन्दा महिला मतदाता बढी
राजनीति

दाङ उपनिर्वाचन : पुरुषभन्दा महिला मतदाता बढी

  • नागरिक रैबार
दाङ उपनिर्वाचन : पुरुषभन्दा महिला मतदाता बढी

मङ्सिर १४ गते हुने उपनिर्वाचनमा दाङमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नं ३ (ख) र घोराही–१६ मा ७३ हजार १७२ मतदाता रहेकामा ३७ हजार ३०५ महिला मतदाता छन् ।

पुरुष मतदाता ३५ हजार ८६६ रहेका छन् भने तेस्रोलिङ्गी मतदाताको सङ्ख्या एक रहेको सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । दङ्गीशरण गाउँपालिकामा सात हजार ९८१ महिला तथा सात हजार ७१५ पुरुष मतदाता छन् । शान्तिनगर गाउँपालिकामा नौ हजार २८३ महिला र आठ हजार ८२० पुरुष मतदाता छन् । बबई गाउँपालिकामा नौ हजार ५११ महिला र नौ हजार ३३८ पुरुष मतदाता रहेको कुँवरले बताए ।

यस्तै तुलसीपुर उपमहानगरपालिका–१, २, १० र ११ मा आठ हजार १६५ महिला, सात हजार ९०५ पुरुष र एक तेस्रोलिङ्गी मतदाता छन् । घोराही उपमहानगरपालिका–१६ मा दुई हजार ३६५ महिला र दुई हजार ८८ महिला मतदाता छन् ।

विज्ञापन

चुनावलाई मर्यादित बनाउन विप्लव समूहलाई निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । उनका अनुसार विप्लव समूह घोषितरूपमै निर्वाचन भड्काउनका लागि सक्रिय भएकाले निगरानी बढाइएको हो । यहाँ छ अति संवेदनशील र २६ संवेदनशील मतदानस्थल रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि