चितवन,भदौं ८-पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः थपिएको पाँच दिनको म्याद सकिएको छ । आज तीनै जनालाई जिल्ला अदालत चितवन पेस गरिदैं छ ।
प्रहरीले जुटाएको प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालत समक्ष मिसिल पेस गर्छ । अनुसन्धन नसकिएको भए म्याद थपका लागि र अनुसन्धान सकिएको भए मुद्धा दर्ता भएर कानुनी प्रकृया अघि बढ्ने जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो ।
यसअघि जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल इजालासले लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको थियो ।
लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहान मुद्दामा अनुसन्धान भइरहेको छ । लामिछानेको रिहाइको माग गर्दै समर्थकले चितवनमा लगातार प्रदर्शन गरिरहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु