होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धादिङमा बस दुर्घटना एकको मृत्यु, १७ घाइते
समाचार

धादिङमा बस दुर्घटना एकको मृत्यु, १७ घाइते

  • नागरिक रैबार
धादिङमा बस दुर्घटना एकको मृत्यु, १७ घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छि गाउँपालिका ६ बैरेनी बजारमा बस दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् ।

आइतबार बिहान गल्छि गाउँपालिका ७ मछेडीखोलाबाट बारा जिल्लातर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको बस अनिन्यत्रित भइ सडकमा पल्टिँदा  नुवाकोटकी डोल्मा तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।

दुर्घटनामा घाइते भएका १३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अन्य चार जना स्थानीय मेडिकलमा उपचारपछि  घर फर्किएका छन् ।
सवारी चालक शुसिल सुवेदी प्रहरीको नियन्त्रणमा रहेको एसपी बैदवारले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार