होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • देउवा निवासमा काँग्रेस बैठक : उपनिर्वाचनका उम्मेदवारबारे छलफल हुने
राजनीति

देउवा निवासमा काँग्रेस बैठक : उपनिर्वाचनका उम्मेदवारबारे छलफल हुने

  • नागरिक रैबार
देउवा निवासमा काँग्रेस बैठक : उपनिर्वाचनका उम्मेदवारबारे छलफल हुने

काठमाडौँ । उपनिर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजेपछि बैठक बस्न लागेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

सहमहामन्त्री महतका अनुसार पदाधिकारी बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट बन्ने उम्मेदवारका बारेमा छलफल केन्द्रीत हुनेछ ।

‘जिल्लाबाट सिफारिस भएर आएका नामहरुमा छलफल हुन्छ । तर कतिपय जिल्लाबाट उम्मेदवारको नाम आइनसकेकाले मोटामोटी छलफल भएपनि निर्णयमा पुग्न बाँकी नै रहनसक्छ,’ सहमहामन्त्री महतले रातोपाटीसँग भने, ‘कास्की लगायतका जिल्लाका बारेमा विशेष छलफल हुनसक्छ ।’

विज्ञापन

मंसिर १४ गते विभिन्न ३७ जिल्लामा प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

जसमध्ये कास्की निर्वाचन क्षेत्र नं २ मा हुने प्रतिनिधसभा सदस्य निर्वाचनलाई प्रमुख राजनीतिक दलहरुले महत्त्वका साथ लिएका छन् । यो क्षेत्रबाट निर्वाचित तत्कालीन एमालेका रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली भएको थियो ।

त्यस्तै भोलि बिहीबार बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकको तयारीका लागि पनि पदाधिकारी बैठक बोलाइएको काँग्रेसले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि