५ भदौं, काठमाडौं । दशैेंमा नयाँ नाेट वितरण बन्द गर्ने याेजना राष्ट्र बैंकले बनाएको छ । वार्षिक करोडौं रकम खर्चिएर छापिएको नाेट दशैंमा प्रयोग गर्दा आयु छाेटाे भएको भन्दै राष्ट्र बैंकले यस्ताे तयारी गरेको हाे ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निराैलाले दशैमा नयाँ नाेट वितरण गर्दा नाेटकाे हिफाजत नहुने र नाेट बिग्रिंदा देशलाई नै ठूलाे धनराशि क्षति हुने गरेकोे भन्दै बन्द गर्ने याेजना बनाइएको बताए । वर्षमा ३ अर्बमाथि नाेट छपाईमैं खर्च हुने गरेको प्रवक्ता निराैलाले जानकारी दिए ।
‘दशैंमा अविर लगाउने, भिजाउने जस्ता कामले नाेट विग्रने गरेका छन्, हामी चाहान्छाैं मुलुकलाई ठूलो नाेक्शानी नहाेस्’ मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक समेत रहेका निराैलाले भने, ‘यसलाई राेक्नु पर्छ भन्ने हाम्राे याेजना हाे ।’हिन्दु धर्मका यस्ता चाडपर्वमा नाेटकाे नास हुने गरेको भन्दै राष्ट्र बैंकले नेपाल पञ्चाङ्ग निर्णायक समितिका अधिकारीहरूसँग छलफल समेत गरेको छ ।
समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गाैतमले नाेटकाे आयु बढाउने कुरामा समितिको सहयाेग हुने बताएका छन् । यसका लागि राष्ट्र बैंकले स्पष्ट याेजना ल्याउनु पर्ने उनले बताए । ‘राष्ट्र बैंक पनि सरकारकै एउटा स्वायत्त निकाय हाे हामी सरकारकै एउटा समिति हौं, यसकारण राष्ट्र बैंकको याेजना हामी स्वीकार्छौं’ उनले भने, ‘यसका लागि कडा कानुनको आवश्यक छ, राष्ट्र बैंकले पुराना नाेट सटहीमा पनि कडाइ गर्नु पर्छ ।’
हिन्दु धर्ममा दान दक्षिणा गर्दा धेरै नाेट नष्ट हुने गरेको भन्दै प्रवक्ता निराैलाले धातु प्रयाेग गर्नु पर्ने बताएका थिए । यसमा पञ्चांग निर्णायक समितिले पनि समर्थन गरेको छ । यसलाई राेक्न सर्वप्रथम जनचेतनामूलक कार्यक्रम गर्न समितिले राष्ट्र बैंकलाई सुझाव दिएको छ ।
पञ्चांग निर्णायक समितिका पुर्व अध्यक्ष प्रा डा माधव भट्टराईले कानुन कडा नभएसम्म राेकथाम गर्न नसकिने बताए । यसका लागि कडा कानुन बनाउन उनले सुझाव दिए । यश वर्ष हुने पण्डित सम्मेलनकाे संयाेजक समेत रहेका डा भट्टराईले कानुन कडा भए धर्मका कारण नाेट नस्ट हुने समस्या नआउने उनलेे बताए ।
फेसबुक प्रतिक्रियाहरु