होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा प्राविधिक शिक्षाको नाममा ठगी धन्दा मौलायो
समाचार

सुदूरपश्चिममा प्राविधिक शिक्षाको नाममा ठगी धन्दा मौलायो

  • नागरिक रैबार
सुदूरपश्चिममा प्राविधिक शिक्षाको नाममा ठगी धन्दा मौलायो

सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा प्राविधिक शिक्षा र व्यवसायिक तालिमका नाममा ठगी बढ्दै गएको छ। फर्जी कागजात वनाउने, अनुमति बिना शाखा खोल्ने र एक तालिम भनेर अर्कै दिने गर्दै ठगी गर्ने क्रम वढ्दै गएको हो। विद्यार्थीहरुको भविष्य अन्यौलमा परेपछि ठगेको भन्दै उजुरी पर्न थालेका छन्।

कतिपय सञ्चालकहरु पक्राउ परेपनि कारवाही नहुँदा अवैध रुपमा प्राविधिक शिक्षा र व्यवसायिक तालिमका नाममा ठगी बढेको हो। फर्जी प्रक्रियाबाट सञ्चालित धनगढी स्थित मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीले  चार बर्षदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) को नाम बेचेर ठगी धन्दा सञ्चालन गरेपनि नियमनकारी निकाय भने उदासिन छन्। एक पटक पक्राउ परेका सञ्चालक राजाराम चौधरी धरौटीमा रिहा भएपछि फेरी विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै आएका छन्।

कैलालीको अत्तरियाको सुपर लिंक टेक्निकल कलेजले पनि बर्षाै सम्म ठगी धन्दा चलाएको थियो। अनुसन्धानवाट सञ्चालकले सवै कागजी प्रक्रिया नपुगाएको र विद्यार्थीलाई ठगेर प्राविधिक शिक्षा र तालिम दिईरहेको खुलेको थियो।

विज्ञापन

सुपर लिंक टेक्निकल कलेजले कृषि जेटिए र उद्यम विकास सहजर्कता पढाउने भन्दै ठगेको विद्यार्थीहरु वताउँछन्। प्राविधिक शिक्षाको नाममा ठगी गरेको भन्दै दार्चुलाको न्यू चौलानी टेक्निकल ईन्सच्युट विरुद्ध पनि उजुरी परेको थियो।

महेन्द्रनगरमा शाखा कार्यालय रहेको भन्दै अनुमति विनै सञ्चालन गरेर ईन्सच्युटले विद्यार्थीवाट लाखौ रकम ठगि गर्दै आएको थियो। सिटिीईभिटीवाट अनुमति नलिएर पनि लिएको, तालिमको स्वीकृत नलिएको र नक्कली कागजात वनाएर ठगी गर्ने कलेजहरु अहिले प्रदेशमा सक्रिय भएका छन्।

मोटो रकम कमाई हुने भन्दै प्राविधिक शिक्षा र व्यवसायिक तालिमका नाममा ठगी वढेको हो। कृषि जेटिए, भेटेरिनरी जेटीए र कम्युटर आईटीका प्राविधिक शिक्षा र उद्यमसिलता र व्यवसायका विभिन्न तालिमहरु दिने भनेर ठग्ने क्रम वढेको हो।

प्राविधिक शिक्षा र व्यवसायिक तालिमका नाममा ठगी वढ्दै जाँदा पनि धेरै जनालाई कारवाही भएको छैन भने कतिपय फरार भएका छन्। यता प्राविधिक शिक्षा तथा व्यवसायीक परिषद सुदूरपश्चिमका सुचना अधिकारी देववहादुर धामीले पनि विद्यार्थीहरु ठगिएको भन्दै कार्यालयमा पुग्ने गरेको जानकारी दिए। उनले कारवाहीका लागि लिखित रुपमा माग भए सिटिईभिटीले कारावहीको प्रक्रिया अगाडी बढाउने बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार