नागरिक रैबार/बाजुरा ४ असोज। जिल्ला प्रहरी कार्यालय बाजुराले संविधान दिवसको अवसरमा वृक्षारोपण गरी मनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको परिसरमा फलफुलका विरुवा रापेर दिवस मनाएको हो । जिल्ला प्रहरी कार्यालय वरिपरी १ सय ७ वटा विरुवा रोपेर मनाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताए ।
संविधान दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाजुराले २ गतेबाट बजार भित्रका विभिन्न ठाउँमा सरसफाई गरेर मनाएको थियो । तेस्तै आज दिवसको चौथो दिनमा जिल्ला प्रहरी कार्यालय वरीपरि सिसौ,राई सल्ला, धुपी सल्लाका विरुवा तथा लप्सी लगायत बिभिन्न थरिका फलफुलका बोटहरु रोपीएका छन् ।
२०७२ असोज ३ गते नेपालमा सविधान दिवसको रुपमा मान्यता दिइसकेको अवस्थामा बाजुरामा समेत संविधान दिवस अवसरमा जिल्ला प्रहरी कार्याय बाजुराले दिवसको चौथो दिन शनिबार वृक्षारोपण गरी मनाएको प्रहरी नायव उपरिक्षक भाट बताए ।
फेसबुक प्रतिक्रियाहरु