होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सभामुख चयनको प्रक्रिया पुस ११ देखि
समाचार

सभामुख चयनको प्रक्रिया पुस ११ देखि

  • नागरिक रैबार
सभामुख चयनको प्रक्रिया पुस ११ देखि

काठमाडौं : प्रतिनिधिसभाका नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गतेदेखि सुरु हुने भएको छ। शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा बसेको कार्य व्यवस्था परामर्श समिति बैठकले हिउँदे अधिवेशनको दोस्रो बैठकबाट नयाँ सभामुख चयनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।

बैठकले शुक्रबारको संसद बैठकको कार्यसूची पारित गर्दै नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट अगाडि बढाउने निर्णय गरेको हो।

संघीय संसदको हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि प्रारम्भ हुँदैछ। उपसभामुख शिवमाया तुम्बाहाङफेले हिउदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभा बैठकको पहिलो बैठकको अध्यक्षता गर्दैछन्। सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ। तर, प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई अध्यक्षता गर्न दिँदैन।

विज्ञापन

शुक्रबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने, पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारितगर्नेलगायत कार्यसूची तय भएको छ।

उपसभामुख तुम्बाहाङफेले पुस ११ गते बस्ने हिउँदे अधिवेशनको दोस्रो बैठक अघि नै राजीनामा दिनुहुनेछ। जेष्ठ सदस्यले बैठक सञ्चालन गर्दै सभामुख चयनको प्रक्रिया अगाडि बढाउनेछन्। सभामुखमा नेकपा नेता सुवास नेम्वाङ, अग्नि सापकोटासँगै उपसभामुख तुम्बाहाङफेको नाम चर्चामा छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार