होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकारलाई तलब र दशैं खर्च उपलब्ध गराउन आग्रह
समाचार

पत्रकारलाई तलब र दशैं खर्च उपलब्ध गराउन आग्रह

  • नागरिक रैबार
पत्रकारलाई तलब र दशैं खर्च उपलब्ध गराउन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारकर्मीलाई तलब र दशैँ खर्च उपलब्ध गराउन आग्रह गरेको छ ।  महासंघले विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारको बाँकी पारिश्रमिक र दशैँं पेश्की व्यवस्था गर्न आग्रह गरेको हो ।

महासंघकाे पदाधिकारी र सदस्यहरुको बुधबारको बैठकले पत्रकारको बाँकी पारिश्रमिक र दशैं पेश्की उपलब्ध गराउने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

बैठकले श्रमजीवी पत्रकारका लागि श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार प्रतिष्ठानमा अनुगमन र दबाब दिने निर्णयसमेत गरेको छ । बैठकले अनुगमन र दबाब दिनका लागि उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टको संयोजकत्वमा दुई समिति गठन गरेको छ ।

विज्ञापन

महासचिव विष्टका अनुसार दुवै समितिले तत्कालै सञ्चार प्रतिष्ठानमा गएर श्रमजीवी पत्रकारको पक्षमा अनुगमन र दबाब सिर्जना गर्नेछ । बैठकले समाचार संकलनार्थ पत्रकारहरु सिंहदरबार प्रवेशमा कडाइ गर्दै झन्झटिलो व्यवस्था गरिएकाले सिंहदरबार प्रवेशमा सहज वातावरण बनाएर प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ ।

बैठकले रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दीपायलमा कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुवँरलाई बिना शर्त तत्काल पुनर्वहाली गर्नसमेत माग गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार