नागरिक रैबार/बाजुरा १ मंसिर । जिल्ला कारागारमा रहेका कैदीवन्दीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । समरजित गुल्मको समन्वय र बडीमालिका नगरपालिकाको सहयोगमा कैदीबन्दीहरुलाई शैक्षिक सामाग्री स्वरुप ३० वटा कापी, ३० कलम, १५ वटा मार्कर र ह्वाइटबोर्ड सहयोग गरिएको हो ।
समरजित गुल्म थापाथली व्यारेक मार्तडी बाजुराले आईतबार कारागार परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कैदीबन्दीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । कारागार भित्र रहेका निरक्षर कैदीबन्दीहरुलाई साक्षर बनाउनका लागि शैक्षिक सामाग्री सहयोग गरिएको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताएका छन् ।
नेपाली सेनाले दिएको शैक्षिक सामाग्रीले कैदीबन्दीहरुलाई साक्षर बन्न ठुलो सहयोग पुग्ने कारागारका जेलर शेरबहादुर तिरुवाले बताएका छन् ।
शैक्षिक सामाग्री सहयोग कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठ, बडीमािलका नगरपालिकाका प्रतिनिधि विरबहादुर विष्ट र जेलर शेरबहादुर तिरुवा लगायतको सहभागिता रहेको थियो । हाल कारागारमा ४८ जना कैदीबन्दीहरुले जेलजीवन भोगिरहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु