होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पाँच महिनामा विपद्‌का घटनामा २७१ जनाको मृत्यु
समाचार

पाँच महिनामा विपद्‌का घटनामा २७१ जनाको मृत्यु

  • नागरिक रैबार
पाँच महिनामा विपद्‌का घटनामा २७१ जनाको मृत्यु

काठमाडौं, भदौ ३१ । पछिल्लो ५ महीनाको अवधिमा विपद्‌का घटनामा परि २ सय ७१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ बैसाख १ देखि भदौ २९ गतेसम्ममा विपद्‌मा परि सो सङ्ख्यामा मृत्यु भएको हो। यस्तै, ६ सय ४६ जना घाइते भएका छन् भने ७ सय ६७ व्यक्ति विस्थापित भएका छन्।

घटनामा परि १ हजार ६३ चौपाया मरेका छन्। ४ हजार ६ सय ७ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता उमेशराज जोशीले विपद्‌का घटनाको उद्धारका लागि ५ महिनामा १६ हजार प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिए।

५ महिनाको अवधिमा १५ पुलमा क्षति, १ हजार ७ सय ६१ घर, २ सय १७ गोठ र ७४ सरकारी कार्यालयमा क्षति पुगेको छ। विपद्‌का घटनाबाट २ अर्ब ४२ करोड ५५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

विज्ञापन

सहप्रवक्ता जोशीले यस वर्ष अचानक विपद्‌मा परेका सबै व्यक्तिको सफल उद्धार गरिएको जानकारी दिए। नेपाल प्रहरीले विसं २०६८ मा विपद् व्यवस्थापन महाशाखा स्थापना गरी हाल देशभरका सातै प्रदेशमा शाखा स्थापना गरी उद्धार गर्दै आइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार