होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा बाजुरा विद्यार्थी एकता मंच कार्यसमिति गठन
समाचार

कैलालीमा बाजुरा विद्यार्थी एकता मंच कार्यसमिति गठन

  • नागरिक रैबार
कैलालीमा बाजुरा विद्यार्थी एकता मंच कार्यसमिति गठन

नागरिक रैबार/ बाजुरा ३० कार्तिक । कैलालीमा अनेरास्वयू बाजुरा घर भएका विद्याथीहरुले एकता मंच कार्यसमिति गठन गरिएको छ । कैलाली बहुमुखी क्याम्पसको सभाहलमा भएको बाजुरा जिल्लाका विद्यार्थीको एक भेलाबाट जिल्लाको बडीमालिका नगरपालिका वडा नं.७ का अर्जुन जोशीलाई अध्यक्ष हुनेगरी एकता मंच कार्यसमीति गठन गरेको हो । उक्त भेलाबाट बाजुराका विद्यार्थी एकता मंच कार्यसमिति गठन गरिएको छ ।

जसमा अध्यक्ष अर्जुन जोशी, उपाध्यक्ष जनक ऐडी, पुर्ण राज जैशी, उपाध्यक्ष विमल बहादुर मल्ल, पुन्ना जोशी,  सचिव कमल न्यौपान, सहसचिव नारद धामी, भुवन कप, कोषाअध्यक्ष नमिता थापा रहने गरी १८ जना सदस्य कार्यसमीति गठन गरीएको छ ।

यस कार्य समितिले बाजुराबाट पढन गएका विद्यार्थीहरु पहिचान गरी विद्यार्थीलाई आवश्यक परेको समस्यालाई मध्यनजर गरी आवश्यक परे सहयोग सम्म गर्न सक्ने नव गठित समीतिका अध्यक्ष अर्जुन जोशीको भनाई रहेको छ ।

विज्ञापन

कैलाली बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको कार्यक्रम मा बाजुरा घर भई कैलाली मा अध्ययनरत अनेरास्ववियू निकट आस्थावान बिद्याथीहरुको उपस्थितमा उक्त कार्यसमिति गठन गरिएको बताईएको छ ।

कमल न्यौपानेले संचालन गरेको कार्यक्रमको अध्यक्षता अर्जुन राज जोशी रहनुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि साविक अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य गोकुल बहादुर विश्वकर्मा (क.प्रभात) अथिती पारस बुढा लगायत उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि साविक अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य गोकुल बहादुर विश्वकर्माले धार्मिक पर्यत्न बन्न पैदावार तथा कृषि क्षेत्रको प्रचुर सम्भावना रहेको बाजुरा जिल्लाको विकासको लागि आफु जहाँ भएपनि एक ढिक्का भएर प्रचारप्रसार पर्वदन तथा संरक्षण गर्नु पर्ने बताउनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार