होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • कांग्रेसका दुई नेतासहित आठ जुवाडे पक्राउ
राजनीति

कांग्रेसका दुई नेतासहित आठ जुवाडे पक्राउ

  • नागरिक रैबार
कांग्रेसका दुई नेतासहित आठ जुवाडे पक्राउ

उदयपुर, २७ असोज। उदयपुरबाट आठ जना जुवाडे पक्राउ परेका छन्। नेपाली कांग्रेस उदयपुरका एक जना नेताको घरबाट करिव दुई लाख नगदसहित आठजना जुवाडे पक्राउ परेका हुन्।

घरमै जुवा खेल्दै खेलाउँदै गरेको अवस्थामा आइतबार राति उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिकृष्ण केसी जानकारी दिए। त्रियुगा नगरपालिका ११ स्थित घरमा जुवा खेलाइरहेको सूचनाको आधारमा घरमुली वसन्तन बस्नेतसहित आठजना पक्राउ परेका हुन्।

पक्राउ परेका आठ जनामध्ये वसन्त बस्नेत र सुमन्त कोइराला नेपाली कांग्रेसका जिल्ला नेता रहेको खुलेको छ,’ उनले भने, ‘कुन तहको नेता भन्ने जानकारी छैन, तर, उहाँ कांग्रेसको क्षेत्रीय सभापति भएको जानकारी पाइएको छ।’ जिल्ला प्रहरी प्रमूख एसपी वीरबहादुर बुढामगरका अनुसार बस्नेत आफ्नो घरमा तास खेलिरहेको अवस्थामा अन्यसहित पक्राउ परेका हुन्।

विज्ञापन

‘नगद एकलाख ८० हजाुर ७२० रुपैयाँ र तास ३ बुक बरामद भएको छ,’ उनले भने, ‘तास पनि जुवा जस्तै भएकाले पक्राउ गरिएको हो, उनीहरु जुवाडे नै हुन्।’ उनका अनुसार पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० का ४२ वर्षीय दुर्गा श्रेष्ठ, ४० वर्षीया किरण पाण्डे, त्रियुगा नगरपालिका ११ का ४४ वर्षीय सुमन्त कोइराला, ५० वर्षीय वसन्त बस्नेत, ३५ वर्षीय भविन्द्र खत्री, ३५ वर्षीय यलराम कार्की, ४७ वर्षीय बालकृष्ण कार्की र त्रियुगा नगरपालिका ११ कै ४० वर्षीय राजु राउत रहेका छन्।

पक्राउ परेका बस्नेत २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट पराजित उम्मेवार हुन्। कोइराला त्रियुगा नगरपालिका ११ नम्बरमा नेपाली कांग्रेसकै पराजित वडा अध्यक्ष हुन्। लोकपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि