काठमाडौं– ३७ वर्षे जाङ्ग्बु शेर्पा नयाँ अभियानका साथ १६ औं पटक सगरमाथा आरोहण अभियानमा निस्कने तयारीमा छन् ।
यसअघि १५ पटकसम्म सगरमाथाको सफल अरोहण गरिसकेका जाङ्ग्बु शेपार्ल यस पटक भने उनले खबरहबको झण्डालाई विश्वको सर्वोच्च शिखरमा पुर्याउने लक्ष्य राखेका छन् ।
‘यो झण्डासहित यो सिजन १६ औं पटक विश्वको सर्वोच्च शिखरमा टेक्न म एकदमै उत्साहित छु ।’ पेभिलियन मिडियाका अध्यक्ष नरेश श्रेष्ठबाट झण्डा लिइसकेपछि खबरहबसँग उनले भने ।
यो सिजन सगरमाथा आरोहण गर्ने चाहनाका साथ उनीजस्ता सयौँ आरोहीहरु सगरमाथाको आधार शिविरमा भेला हुँदैछन् ।
सगरमाथा आरोहण उनका लागि जतिपटक गरेपनि धित नमर्ने कुरा हो । त्यसैले उनी १६ औं पटक सगरमाथा आरोहणको अभियानमा छन् । उनी पछिल्ला १८ वर्षयता आरोहीहरुको गाइड र भरियाका रुपमा सगरमाथा आरोहण गर्न सहयोग गर्दै आएका छन् । उनले पहिलोपटक भने सन् २००३ मा २१ वर्षको उमेरमा सगरमाथाको शिखरमा पुगेका थिए ।
‘यो झण्डालाई विश्वको सर्वोच्च शिखरमा पुर्याउने अवसर पाएपछि म धेरै नै उत्साहित छु । यो उत्साहलाई म शब्दमा वर्णन गर्न सक्दिन’ उनले भने ।
उनले खबरहबका अरु ५ वटा झण्डा पनि साथै लैजानेछन् । उनले ती ५ झण्डालाई सगरमाथाको आधार शिविरसहितका ५ शिविरमा पनि पुर्याउने छन् ।
खबरहबको झण्डा सगरमाथामा पुर्याउने आफ्ना अभियानका बारेमा आफ्ना सहकर्मी र आफूजस्तै आरोहीलाई पनि जानकारी दिने उनको भनाइ छ । उनका अनुसार नेपालको डिजिटल मिडिया खबरहब दिन प्रतिदिन लोकप्रिय बन्दै गइरहेको छ ।
तालिमप्राप्त तथा अनुभवी गाइड समेत रहेका उनले धेरै पर्वतारोहीलाई गाइड गर्दै आएका छन् ।
फेसबुक प्रतिक्रियाहरु