काठमाडौं : देशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा शुक्रबार बिहान देशका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय भएको उल्लेख छ।
‘मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ।’ बुलेटिनमा उल्लेख गरिएको छ, ‘भारतको पुर्वी छत्तिसगढबाट पश्चिम-उत्तरपश्चिमतिर कमजोर भएर सर्दै जाने देखिन्छ।’ मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।
शुक्रबार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने हुने विभागले जनाएको छ। पश्चिमी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।
राति पनि देशभर देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भइ पश्चिम, पूर्व र मध्यका केहि स्थानमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। देशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।
फेसबुक प्रतिक्रियाहरु