नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।
पछिल्लो १०/१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको निगमका प्रवक्ता विरेन्द्र गाइतले बताए । पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १र१ रुपैयाँ भाउ बढेको छ । शुक्रबार राती १२ बजेबाट बढेको मूलय लागू हुनेछ ।
फेसबुक प्रतिक्रियाहरु