होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • दार्चुलामा जीप दुर्घटना हुँदा १२ जना घाइते
Breaking News

दार्चुलामा जीप दुर्घटना हुँदा १२ जना घाइते

  • नागरिक रैबार
[sharethis-inline-buttons]
दार्चुलामा जीप दुर्घटना हुँदा १२ जना घाइते
फायल तस्विर

दार्चुलामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ चौतलीचौरमा बुधबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ।

लेकम गाउँपालिकाको रिठाचौपातास्थित लटिनाथ मन्दिरमा लागेको जयपुरमा जात्रा हेरेर घर फर्किने यात्रु बोकेर शैल्यशिखर नगरपालिकाको पनेबाजबाट गोकुलेश्वर तर्फ जाँदै गरेको से १ ज ११३१ नम्बर को जिप दुर्घटनामा परेको दार्चुला प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जीप दुर्घट्नामा परी मालिकार्जुन गाउँपालिका वडा नम्बर २ भगवतीकी २० वर्षिय कलसी धामी र वडा नम्बर ३ बसेडीकी ३० वर्षिय कमला देवी धामीको टाउकोमा चोट लागेको छ।

यस्तै जिप दुर्घटनामा परी मालिकार्जुन गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय हरिश सिंह धामी, १९ वर्षीय नरेश सिंह धामी, १८ वर्षीय रमेश सिंह धामी, २६ वर्षीया तुलसी धामी, २० वर्षीय खेम सिंह धामी, १८ वर्षीय पुष्कर सिंह धामी, ३० वर्षीय दानसिंह धामी, २० वर्षीय लोकेश सिंह धामी र मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय मिना धामी र ४६ वर्षीय पदमसिंह धामी सामान्य घाइते भएको प्रहरीले जनाएको छ। जीप दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार