होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दशैँको चहल–पहल बढ्यो, बजारमा किनमेल गर्नेको भीड
समाचार

दशैँको चहल–पहल बढ्यो, बजारमा किनमेल गर्नेको भीड

  • नागरिक रैबार
दशैँको चहल–पहल बढ्यो, बजारमा किनमेल गर्नेको भीड

नागरिक रैबार/बाजुरा १५ असोज। हिन्दु नेपालीहरुको महान पर्व दशैँ नजिकिएसंगै बाजुरामा चहल पहल निकै बढेको छ । दशै पर्व मनाउनका लागि कर्मथलो जिल्ला बाहिर बनाएकाहरु पनि यतिखेर जन्मथलो फर्किने क्रम बढेको छ । अहिले जिल्लाका अधिकाँस स्थानीय बजारहरुमा दशैका लागि विभिन्न पसलहरुमा सर–समान किन्नेको भिड नै लागेको देखिन्छ ।


दशै पर्वमा मिठो मसिनो खाने र टाढा रहेका आफन्तहरुवीच भेटघाट गर्ने, ठुलाबडाको हातबाट टीका ग्रहण गरेर शुभार्शिवाद लिने प्रचलन रहेको छ । दशै नजिकिदै गर्दा अहिले बजारमा किनमेल गर्नेहरुको भीडभाड लागेको देख्न सकिन्छ ।


सदरमुकाम मार्तडी बजारमा पनि यतिबेला सपिङ गर्नेहररुको भीड लागेको देख्न पाईन्छ । सपिङ गर्नकै लागी गाउँपालिका तथा नगरपालिकाका विभिन्न क्षेत्रका बासिन्दा सदरमुकाम मार्तडी बजार नै आउने गर्दछन् ।
व्यापारीहरु भन्छन् किनमेल गर्नेहरुको चहलपहल हेर्दा निकै रमाईलो लाग्छ, व्यापारी मात्र होईन् त्यहाको माहोल हेर्दा दशैँ आएझै बनाउन्छ ।
घटस्थापना लागेको दिनदेखि सदरमुकाम मार्तडी बजारका अधिकांश सपिङ सेन्टर तथा बजारमा किनमेल गर्नेहरुको भीडभाड छ । अझ बस पार्कदेखि दुनिहाटबजार र मार्तडीको मेन बजारमा किनमेल गर्नेको भिड लागेको छ ।

विज्ञापन


सपिङ गर्नेहरु पसलबाट खुसी हुदैँ निस्कन छन् त कतिपय मानिसहरु आफुले चाहेका कपडा नपाएर दिक्क मान्दैँ हिडिरहेका देखिन्छन् ।
व्यापार गर्नेहरुका लागी दशैको सिजन निकै ठुलो हो । त्यसैले यतिबेल व्यापारीहरु भ्याइनभ्याई व्यापार गरेको देखिन्छन् । किन्न आउने भन्दा हेर्न आउने धेरै आउन्छन् ।


हाटबजार कपडा व्यवसायी वडालेख फेन्सी स्टोरका सुरेन्द्र नाथले भने, आफुलाई हेर्नेहरु आउँदा पनि खुसी लाग्छ । उनको हाटबजारमा ठुलो होलसेल कपडा पसल छ, अन्य समय भन्दा यो बेला बढी व्यापार हुने हुदाँ आफुलाई भ्याइनभ्याई भएको बताए ।
‘ उनले भने व्यपारीका लागी ठुलो सिजन यहि नै हो’ तर भएपनि अघिल्लो दशैँ भन्दा कमै व्यापार भएको नागरिक रैबारलाई बताए ।
दशैँ मनाउन गाउँघरमा जानेहरुले आफ्ना परिवारलाई केहीनकेहि नयाँ सामान लगिदिने भएकाले बजारमा भीड लाग्ने गरेको उपभोक्ताहरुले बताएका छन् ।


दशैँ पर्वलाई लक्षित गरी यहाँका विभिन्न पसलहरुले छुट अफरमा सामाग्रीहरु विक्री वितरण गरिरहेका छन् ।
बाजुराको सदरमुकाम मात्र नभई बुढीनन्दा नगरपालिका कोल्टी बजार, गौमुल गाउँपालिका घट्मुना बजार, बाम्का, तिपाडा र बेतालमाण्डौ बजारमा पनि उतिकै चहलपहल बढिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै