होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा नेकपाले कांग्रेसको दुई सिट खोसेर एक गुमायो
देश/प्रदेश

सुदूरपश्चिममा नेकपाले कांग्रेसको दुई सिट खोसेर एक गुमायो

  • नागरिक रैबार
सुदूरपश्चिममा नेकपाले कांग्रेसको दुई सिट खोसेर एक गुमायो

सुदूरपश्चिममा भएको उप–निर्वाचनमा नेकपाले कांग्रेसका दुई सिट खोसेर एक गुमाएको छ। प्रदेशका पाँच जिल्लाका सात वडामा अध्यक्षका लागि भएको उप–निर्वाचनमा नेकपाले ५ र कांग्रेसले २ स्थानमा जित हात पारेका छन्। ती मध्ये नेकपा, अछाम र बाजुरामा यसअघि काँग्रेसले जितेका दुई स्थानमा विजयी भएको छ।

जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ५ र त्रिवेणी नगरपालिका १ बाजुरामा यसअघि काँग्रेसले जितेका वडामा नेकपाका उम्मेदवार विजयी भएका हुन्। मेल्लेख गाउँपालिका ५ मा नेकपाका रमेशबहादुर खड्का र त्रिवेणी १ मा मनराज बुढा  विजयी भएका छन्। तर बैतडीको दोगडाकेदारमा भने काँग्रेसले नेकपाको सिट खोसेको छ।

यसअघि नेकपा एमाले विजयी भएको दोगडाकेदार ४ मा कांग्रेसका सुरेन्द्र प्रसाद भट्ट विजयी भएका छन्। यस्तै बैतडीकै सूर्यना गाउँपालिका – १ मा काँग्रेसकै गजेन्द्रबहादुर चन्द विजयी भए। कञ्चनपुरको पुनर्वास नगरपालिका – ३ मा कृष्णबहादुर तामाङ, बैतडीको पुर्चौडी नगरपालिका– ४मा नेकपाका शैलेन्द्र धानुक र आदर्श गाउँपालिका– २ डोटीमा नेकपाकै रामबहादुर बोहरा विजयी भएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार