नागरिक रैबार/बाजुरा १५ मंसिर। बाजुराको त्रिवेणी नगरपालिका–१ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मनराजे बुढा विजयी भएका छन् ।
शनिबार भएको उपनिर्वाचनमा बुढाले ३ सय ६७ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । बुढाका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका खगेन्द्र चंदाराले ३ सय ४७ मत ल्याएर पराजित भएका छन् ।
वडामा रहेका एक हजार ३९ जना मतदाता मध्ये शनिबार सम्पन्न भएको उपनिर्वाचनमा सात सय २७ मत खसेको थियो । २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन शनिबार भएको थियो ।
फेसबुक प्रतिक्रियाहरु