बाजुरा ३ असार । बाजुरा जिल्लाकाे बुढिनन्दा नगरपालिका वडा न ३ का एक युबक भिरबाट लडेर घाइते भएका छन् । बुढिनन्दा नगरपालिका वडा न ३ का बर्ष ३० का दिपक राेकाया भिरबाट लडेर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर राेकायाले बताएका छन् । काेल्टीबाट आफ्नाे घर जाने क्रममा बुढिनन्दा नगरपालिका वडा न २ काे तल्लकाेट भन्ने ठाउँमा राति करिव ११ बजे लडेर गम्बिर घाइते भएकाे प्रहरी निरीक्षक राेकायाले जानकारी दिएका छन् ।
उनलाइ राति नै काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपाचारका लागि प्रहरीकाे टाेलीले ल्याएकाे बताएका छन् । उनकाे काेल्टी प्राथमिक स्वास्थ केन्द्रमा उपचार हुन नसकी सदरमुकाम मार्तडीमा ल्याउन लागिएकाे प्रहरीले जनाएकाे छ । उनकाे टाउकाेमा गम्भीर चाेट लागेका कारण काेल्टीमा उपचार असम्भव भएकाेले मार्तडी ल्याउन लागिएकाे प्रहरीले जनाएकाे छ । उनी बाटाेमा रहेकाे भिरबाट करिव ५०/६० मिटर तल खसेकाे जानकारी पछी प्रहरीले बाेकेर काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएकाे प्रहरीले जनाएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु