मङ्लबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • नेपाली माटो र भुगोल सुहाउँदो समाजवादको परिकल्पना गरौँ
विचार/ब्लग

नेपाली माटो र भुगोल सुहाउँदो समाजवादको परिकल्पना गरौँ

‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद बन्दछ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद बन्छ” ।औद्योगिक क्रान्तिसँगै उदाएको पुँजीवादी विकृतिविरुद्ध समाजवादको अवधारणा आएको हो ।

राज्यमा उपलब्ध स्रोत, साधन, उत्पादन र वितरण व्यक्तिहरूमा मात्र सीमित हुन्छ । तर, समाजवादले त्यसमा सामाजिक स्वामित्व हुनुपर्छ भन्ने मौलिक मान्यता राख्छ । समाजवाद शब्दको प्रयोग राजनीतिक साहित्यमा पहिलोपटक ‘पुअर म्यान्स गार्जन’ भन्ने पत्रिकामा सन् १८३३ मा भएको थियो । साइमनजस्ता विद्वान्हरूले यसबारेमा अवधारणा बनाएका थिए ।

तर जब पछि माक्र्स र एन्जेल्सहरूले पनि समाजवादबारे व्याख्या गरे तब साइमनहरूको समाजवादलाई काल्पनिक समाजवाद भनियो र माक्र्सको समाजवादलाई वैज्ञानिक समाजवाद भनियो । त्यसपछि अझ समाजवादबारे सबैले आ–आफ्नै तरिकाले भेद गर्दै गए । अलि नरम पथ र क्रमिक रूपले अगाडि बढ्न चाहनेहरूले विकासवादी समाजवाद भने र शीघ्र उलटपुलट उग्ररूपमा विश्वास गर्नेहरूले क्रान्तिकारी समाजवाद भने ।

विज्ञापन

यी कुरालाई राम्ररी नियालेका बिपीले विकासवादी समाजवादको पक्षमा उभ्याए । प्रजातान्त्रिक तवरले समाजवादमा पुग्न सकिन्छ भन्ने उनको मान्यता थियो । तर, समाजवादबारे सबैले आ–आफ्नै तरिकाले व्याख्या गरे र बुझे । एकजना विद्वान् सिएम जोडले व्यंग्य गर्दै भनेका थिए, ‘आफूआफू सबैले लगाएर आकार बिग्रिएको टोपीजस्तै हो समाजवाद ।

’ हो, बिपीले पनि आफ्नै ढंगको समाजवादको कल्पना गरे । बिपीले समाजवादलाई एउटा झुपडी, एक हल गोरु, एउटा दुहुनो गाई र खेतसँग जोडे । हरेक नेपालीले यी चिजहरू प्राप्त गर्न सक्ने अवस्था समाजवाद हो भने । तर, आजको सन्दर्भमा यो कुराले कत्तिको महत्त्व राख्छ भन्नेबारेमा अध्ययन गर्न बाँकी नै छ ।

उद्योग, व्यापार, लगानीको सम्भाव्यतामा नभएर उनले समाजवादलाई कृषि उत्पादकत्वसँग जोडे । आधुनिक गाई– गोरु उत्पादन गर्ने फार्म, जमिन सधैँ उर्वर कायम गराइराख्ने उपाय र किसान बस्ने झुपडीलाई महलमा रूपान्तरण गर्ने कार्यक्रम आजको हाम्रो मुल एजेन्डा बन्नुपर्छ । बरु नेपाल मा सरकार का मन्त्री गहुँ र जौको दाना छुट्याउन नसक्नेलाई कृषि अनुसन्धानको प्रमुख बनाउँछौ । हलो, कोदाली चलाउने त के खेतबारी कहिल्यै नटेकेकालाई कृषिमन्त्री बनाउँछौ ।

हलो जोत्ने गरिब किसानको रित्तो थैलीमा होइन विदेशी बैंकमा अमेरिकी डलर राख्नेहरूलाई अर्थमन्त्री बनाउछौ। समाजवादको पारखी भन्न रुचाउछौ तर नया vision दिन सकेका छैनौ । हाम्रो सरकारले २०५० सालमा निजीकरण ऐन ल्यायो तेस बेला जम्माजम्मी ६७ वटा सार्वजनिक संस्थानमध्ये झन्डै ३१ वटा संस्थान निजीकरण गरियो।

विदेशी मुलुकतीर कुनै रेस्टुरामा बसेर उद्योग मालिक र मजदुर एउटै टेबुलमा उही गुणस्तरको खाना खाने सामथ्र्य राख्छन् । तर, नेपालमा चौधरी ग्रुप र खेतान ग्रुपका मालिकले खाने र उनको उद्योगमा काम गर्ने मजदुरले खाने चामलमै फरक हुन्छ । एक ठाउँ बसेर खाने कुरा त दुई कोष परकै भयो ।

आफूलाई प्रजातान्त्रिक समाजवादको अनुयायी भन्न रुचाउछौ तर अहिलेको नेतृत्व ले बिपीको समाजवादलाई नयाँ संस्करणमा व्याख्या गर्न सक्छ कि सक्दैन ? यद्यपि, बिपीलाई जुन राजनीतिक उचाइ दिइएर स्मरण गरिन्छ, त्यति गहनताका साथ हामी उहाका अनुयायीहरूले प्रजातन्त्रको मूल्य मान्यतालाई पनि संस्थागत गर्न सक्नुपर्छ ।

त्यहीअनुसार हामिहरुले आफूलाई परिमार्जित गर्नु आवश्यक छ । प्रजातन्त्र र समाजवाद आफैँमा फरक कुरा हुन् । समाजवादले आर्थिक व्यवस्थालाई इंगित गर्छ भने प्रजातन्त्रले शासन व्यवस्थालाई । अर्थतन्त्र कसरी परिचालन हुनुपर्छ भन्ने कुरा समाजवादमा पर्छ भने शासक को हुनुपर्छ भन्ने कुरा प्रजातन्त्रमा । स्रोत र साधनको मालिक पनि जनता र शासनको मालिक पनि जनता नै हुने राज्य निर्माणमा सरिक हुनु सबै राजनीतिक शक्तिहरूको आजको आवश्यकता हो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार