बुधबार, साउन २१, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हामी फुट्नका लागि जुटेका हैनौँ – सचिव बुढा
समाचार

हामी फुट्नका लागि जुटेका हैनौँ – सचिव बुढा

नागरिक रैबार
बाजुरा १९ असार ।
नेपाल कम्युनिष्ट पार्टी बाजुराका सचिव भरत बुढाले यो विशाल पार्टी फूट्नका लागि जुटेको होईन् भनेका छन् । उहाँले शुक्रबार डिआरमस्ट होटेलमा पत्रकार सम्मेलन मार्फत सो कुरा बताएका हुन् । हामी विपक्षीको सपना साकार पार्न यो नेकपाको विशाल पार्टी बनाएका हैनौँ । हामी त नेपाली जनतालाई सुखी र सम्वृद्धिका लागि एक भएका हौँ ।
केन्द्रीय स्थायी कमिटीको जारी बैठकमा एकता नटुटाउनका लागि दवाव दिने हेतुले शुक्रबार पत्रकार सम्मेलन गरेको आयोजकले जनाएको छ ।


पूर्ण रुपमा पार्टी एकिकरण भई नसेककै अवस्थामा टुट र फूटको कुरा बाहिर आउनु अत्यन्तै दुखदायी कुरा भएको र कम्युनिष्ट पार्टीका आम कार्यकर्तामा निरासा छाएको छ । सचिव बुढाले भने संचार माध्यममा आएका पार्टी फुट्न सक्ने भन्ने खालका विभिन्न मिडियामा आएका अभिव्यक्तिलाई निरुत्साहीत पार्नका लागि नेकपा जिल्ला कमिटी बाजुराले प्रेस सवज्ञप्ती जारी गर्दै पत्रकार सम्मेलन गरेको हो ।


नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ । त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने र पार्टी बलियो पार्न उहाँहरुलाई नै थप दवाफ पुगोस् सम्मेलनमा उपस्थित नेताहरुले बताएका छन् ।
पछिल्लो केही दिनयता नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टी नै फुट्ने हो कि भन्ने ढंगबाट विवाद चर्किएपछि बिहीबार स्थायी कमिटीको बैठक स्थगन गरेर दुई अध्यक्षबीच वार्ता गर्ने निर्णय भएको थियो ।

विज्ञापन

पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा पाटीको आन्तरिक विवादको वैचारिक संघर्ष र छलफल र निर्णयहरुका बारेमा बहस हुनुपर्ने उल्लेख छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादीको पाटी एकता टुङ्गोमा नपुगेको भएपनि हालको जारी नेकपा केन्द्रीय कमिटीको जारी स्थायी कमिटीको बैठकमा व्यक्त गरिएका धारणाका विषयमा नेकपा बाजुराको गम्भीर ध्यानाकर्षण भएको भनिएको छ ।

बैठकमा आएका विवादलाई जिम्मेवारीपूर्ण रुपमा समाधान गर्न नेतृत्व पंक्तिलाई आग्रह गरिएको छ । कोभिड–१९ महामारीका बेला सीमा समस्या,आर्थिक महासंकटमा एकताको आवश्यकता रहेको छ ।

पार्टी भित्रको आन्तरिक असहमती भन्ने सन्देश सार्वजनिक कुराले सिंङ्गो जिल्ला कमिटि बाजुरा र जनसमुदायमा नकारत्मक सन्देश गएकाले गम्भीर रुपमा छलफल गरी एकताबद्ध हुन र सहमतीय पद्धती अवलम्वन गरी जनसमुदायमा सकारत्मक सन्देश प्रवाह गर्न नेकपा बाजुराले अपिल गरिएको छ ।

पत्रकार सम्मेलनमा नेकपा जिल्ला कमिटी सचिव भरत बुढाको अध्यतामा संचालन भएको कार्यक्रममा नेकपा कार्यलय सदस्य गगन रावल, जनक बोहरा, नेकपा सचिवालय सदस्य भरत थापा, नेकपा प्रचार विभाग प्रमुख तथा सचिवालय सदस्य अमर खड्का, कार्यलय सचिव काँसी वि.क., पुरबहादुर रावत, गोरख सार्की लगायतको सम्मेलनमा सहभागी रहेका थिए ।

नेकपा प्रचार विभाग प्रमुख अमर खड्काले संचालन गरेको पत्रकार सम्मेलनमा बाजुरा जिल्लामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

हेर्नुस् विज्ञप्ती

Image may contain: text

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार