होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी,मंसिर- २२ ।सुदुरपश्चिम महोत्सव आजबाट सुरु भएको छ । महोत्सवको उद्धघाटन नेकपा नेता एवं पूर्वउपप्रधान, रक्षा तथा गृहमन्त्री भीमबहादुर रावलले गर्नुभएको हो । ७ बुद्धे माग सहित ७ किलोको माला समेत लगाईएको छ । ‘समृद्ध सुदुरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ संघिय प्रहरी कार्यालयको मैदानमा आयोजना भईरहेको छ । महोत्सब पुस २ गते […]
मदन वि.क./बाजुरा २२ मंसिर।बाजुरा जिल्लामा सवारी साधानको भाडादर घटेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले साँफे मार्तडी सडक खण्डको रुट र भाडादर निर्धारण गरेपछि सवारी साधानको भाडादर घटेको हो । जिल्ला प्रशासन कार्यालय बाजुराले मार्तडी देखि साँफेसम्मको रुट र भाडादर निर्धारणका लागि पटक पटक आग्रह गरेपछि सो सडकको रुट र […]
नागरिक रैबार/बाजुरा २२ मंसिर। जगन्नाथ गाउँपालिकाको वडा नंं १ काचाझुला काटिया सामुदायिक वनका लागेको आगोमा जलेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका १५ वर्षिया रति लवारकाे मृत्यु भएको हो । शनिबार दिउसो सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा लवार आगोले जलेर घाईते भएका थिए । घाइते भएका विकलाई उपचारका लागि आफन्तले […]
सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन २ को उपाधि राम लिम्बुले जितेका छन् । (शनिबार) राती भएको ग्राण्ड फिनालीमा तीन जनालाई पछि पार्दै उपाधि जितेका हुन् । उनले डाट्सन कार, १२ लाख नगद र थुप्रै उपहार प्राप्त गरे । राम गोच प्रमोद खरेलको टिमबाट उपाधि जितेका हुन् ।
काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक–फरक विषयमा प्रमुख समाचार बनाएका छन् । कान्तिपुर दैनिकले गुप्तचरले अख्तियारमा बुझायो राजस्व कर्मचारीको विवरण र राजधानी दैनिकले म्याराथनमा २४ वर्षपछि नेपाललाई स्वर्ण, चम्किए किरण शीर्षकमा मुख्य समाचार बनाएका छन् । शनिबार जनता समाचार डट कम मा साग खेलकुदको सातौँ दिन, नेपालले थप्यो २ स्वर्ण पदक, पर्यटनमन्त्री भट्टराईले भने – ‘अनुमति […]
कैलाली: कैलालीको चुरे गाँउपालिका–५ मा रहेको भासु भिरबाट खसेर एक बालिका घाईते भएकी छन्। घाइते हुनेमा सोही गाँउपालिका बलबहादुर लामाकी १६ वार्षीय छोरी ईन्द्रा लामा रहेकी छन्। शनिबार साँझ बाख्रा लिन जाने क्रममा भिरबाट लडेर गम्भीर घाईते भएकी उनलाई उपचारको लागी निसर्ग अस्पताल धनगढी पठाईएको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरिक्षक माधव विश्वकर्माले बताए।
लमजुङ । लमजुङको बेसीशहरबाट गोरखा सदरमुकामतर्फ जाँदै गरेको यात्रु बाहक बस दुर्घटना भएको छ । आइतबार बिहान पाउदी बजार लमजुङ नजिकै दुर्घटना भएको हो । दुर्घटनामा एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस करिब २ सय मिटर तल खोलामा पुगेको छ । हालसम्म ५ जना घाइते भएको जनाइएको छ । थप विवरण आउन […]
नागरिक रैबार /बाजुरा २२ कार्तिक । बाजुराको गौमुल गाउँपालिका ३ माझपालीबाट शुक्रबार दिउसो नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिं भाटले बताउनुभएको छ । गाउँमा चन्दा संकलन गरिरहेको बेला गोप्य सुचनाका […]
एजेन्सी– नाइकीको सह–संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ। त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता त्यही थियो जुन चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको हो । सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट […]
काठमाडौं मोबाईलकै कारण किशोर किशोरीहरुले बाल विवाह गर्न थालेपछि समाजि अभियन्तहरु कडा रुपमा प्रस्तुत भएका छन् । उनीहरुले अब माध्यमिक तह कक्षा १२ पास नगेरेसम्म मोबाईल बोक्न नपाउनु पर्ने कानुन निमार्ण हुन जरुरी रहेको भन्दै कडा रुपमा आफ्नो धारण प्रस्तुत गरेका हुन् । बालबालिकाका क्षेत्रमा काम गर्ने विभिन्न सामाजिक संघसस्थाले आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल […]
नागरिक रैबार/बाजुरा २२ कार्तिक। विद्यालयमा विद्यार्थीहरुकाे नियमितता र शिक्षाको गुण्स्तर सम्वन्धि २ दिने प्रधानाध्यापकहरुसंगको समिक्षा गोष्ठी शुक्रबारबाट मार्तडीमा सूरु भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, पीसविन बाजुराद्वारा संचालित यूवा सशक्तीकरण बुलगारी परियोजनाको आयोजना तथा र जिल्ला शिक्षा समन्वय इकाई बाजुराको समन्वयमा उक्त समिक्षा गोष्ठी मार्तडीम सूरु भएको हो । सेभ द चिल्ड्रेन अन्तरगतको […]
बैतडीमा एकजना वडा सदस्य मृत अवस्थामा भेटिएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का सदस्य गणेश पार्की मृत फेला परेको प्रहरीले जनाएको छ। पुर्चौडीको रातासिला मन्दिरमा लागेको भगवती मेलामा गएका पार्की मृत अवस्थामा भेटिएको बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए। उनका अनुसार पार्कीको शरिरमा देखिने चोट पटक भने छैन्। अहिले शव परिक्षणका […]
काठमाडौं २२ कात्तिक । नेपाली सीमामा भारतीय पक्षले गरेको अतिक्रमण र उपनिर्वाचनका लागि बिहीबार गरिएको मनोनयन दर्ता आजका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक अपराध र अनियमिततासँग सम्बन्धित विषय पनि आजका पत्रिकाहरूले उठाएका छन् । ‘भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन’ शीर्षकमा कान्तिपुरले सीमा अतिक्रमणबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार भारतीय पक्षले […]
काठमाडौँ — नेपाल–भारतको सीमा कति लामो होला ? यसबारे दुवै मुलुकका दाबी छुट्टाछुट्टै छन् । केही ठाउँमा सीमा विवाद कायमै रहेका कारण हालसम्म यसको लम्बाइबारे साझा बुझाइ बन्न सकेको छैन । मुख्यतः दार्चुलास्थित लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा नवलपरासीको सुस्ता क्षेत्र भारतीय अतिक्रमणमा परेका कारण यस्तो हुन गएको हो । नेपालको उत्तरी छिमेकी चीनसँगको एक हजार चार सय १४ […]
बैतडी २२ कार्तिक । बैतडीको पुर्चौडीमा प्रसिद्ध गिरेगाणा जात्रा लाग्ने भएकोले पुर्चौडी नगरपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले आज एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । विदामा सेवाक्षेत्र भित्रका सबै सरकारी कार्यालयहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।
काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको विरोधमा देशभर आन्दोलन जारी रहेको छ । यसैक्रममा शुक्रबार राजधानीस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाएका छन् । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा गरिएको प्रदर्शनमा उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित नारा लगाएका थिए । हेर्नुहोस् तस्विर
(नयाँदिल्ली) — आफूले जारी गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालमा विरोध भइरहेको सन्दर्भमा भारतले पहिलोपटक औपचारिक प्रतिक्रिया दिएको छ । उक्त नक्साले ‘भारतको सार्वभौम भूभागलाई सही ढंगले चित्रण गरेको’ र ‘नेपालसँगको सीमामा कुनै फेरबदल नगरिएको’ उसको दाबी छ । भारतीय विदेश मन्त्रालयद्वारा बिहीबार नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा कान्तिपुरले राखेको जिज्ञासामा मन्त्रालयका प्रवक्ता रविशकुमारले यस्तो धारणा राखेका […]
२२ कात्तिक, काठमाडौं । बंगलादेशविरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा घरेलु टोली भारतले जितेको छ । राजकोटमा बिहीबार राति भएको खेलमा भारतले बंगलादेशलाई आठ विकेटले पराजित गरेको हो । १५४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले १५.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतका लागि कप्तान रोहित शर्माले ४३ बलमा ६ छक्का र ६ चौकाका मद्दतमा […]
काठमाडौं २२ कात्तिक । विद्युतको उपलब्धता बढेसँगै उपभोग बढाउनुपर्ने चुनौतीमा रहेको नेपाल विद्युत् प्राधिकरणले महसुल समायोजन गर्ने तयारी गरेको छ । उपभोक्तालाई बढीभन्दा बढी विद्युत् खपत गर्न प्रोत्साहन गर्नेगरी रणनीतिक तवरबाट महसुल बढाउन लागिएको हो । तीन वर्ष अगाडिसम्म नेपाल विद्युत् प्राधिकरण जनतालाई बिजुली कसरी फारु गर्ने भनेर सिकाउन अभ्यस्त थियो । अहिले ठीक उल्टो प्राधिकरण […]
२२ कात्तिक, काठमाडौं । प्रतिबन्धित विप्लव समूहका भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज टेकबहादुर केसी पक्राउ परेका छन् । केसीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति निकोसेराबाट नियन्त्रणमा लिएको हो । भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले केसी पक्राउ परेको पुष्टि गर्दै उनको साथबाट चन्दा उठाएको रसिद, मोबाइल फोनलगायत सामग्री बरामद भएको अनलाइनखबरलाई जानकारी दिए । केसीलाई अहिले जिल्ला प्रहरी कार्यालय, […]