होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हुम्लाको अदानचुली गाउँपालिका–६ की दिनकुमारी धिमाल ७४ वर्षकी भइन्, उनी आफैं अस्वस्थ छिन्, त्यसमाथि तीन वर्षअघि ज्यान गुमाएकी छोरी भूमिसराको शोकले थप सताइरहेको छ । भूमिसराको मृत्यु आठौं छोरी जन्माउने क्रममा भएको हो । ‘भौंती छाचुरी (धेरै छोराछोरी) पाउँदा मरेई हो,’ उनले भनिन्, ‘न निको खान पाई, न गाउँका मान्ठबाट निको वचन पाई, मेरी छोरी निकाला (अकालमै) […]
जातवार्ता पढ्दा र पुँजीवादी चुनावमा गुमनाम तरिकाले होमिएको मेरो समाज अध्ययन गर्दै गर्दा – लोकतान्त्रिक भनिने पार्टी र प्रचलित कम्युनिष्ट पार्टीमा दलितको हैसियत यति किन कम्जोर छ र यो हविगत हुँदैछ ? र, आज दलित समुदायबाट प्रतिनिधित्व गर्ने गोरख शार्कीले हिमाली गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्र उमेदवारीको प्रचारमुलक ग्राफिक्स फोटो सामाजिक सञ्जालमा पोष्ट गरिरहँदा लेखेको […]
नागरिक रैबार/बाजुरा २२ फागुन। नेकपा बाजुराका युवा नेता महेश शाहीले आफ्नो जन्मदिन मार्तडीमा रहेको समता स्कुलमा मनाएका छन् । जगन्नाथ गाउँपालिकाको वडा नं. ३ मनिकाँडामा जन्मेका नेता शाहीले पहिलोपटक विद्यालयका विद्यार्थीहरुसंग आफ्नो जन्मदिन मनाएका हुन् । समता स्कुलका कुशल अभिभावक समेत रहेका नेता शाहीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई नगद र स्टेशनरी सामाग्री सहयोग गरेर मनाएका […]
राजधानीका सुविधासम्पन्न अस्पताल र राम्रो उपचार पद्धति विपन्नहरूको पहुँच भन्दा बाहिर छ । अहिले पनि झण्डै एक हजार विपन्न नागरिक त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा एकदेखि दुई वर्ष पछिको अप्रेसन मिति कुरेर बसेका छन् । शिवहरि घिमिरे: बाजुराको जगन्नाथ गाउँपालिका–५, गोत्रीका ४३ वर्षीय नरजित शाही एक वर्षअघि श्रीमती र पाँच छोराछोरी लिएर काठमाडौं आए […]
‘छुवाछुत कहाँ छ र ? अब त हटिसक्यो ! भए पनि गाउँघरतिर होला ।’ मेरा अधिकांश गैरदलित साथीहरूले भन्ने वाक्य हुन् यी । दुई-चारजनाले दलितसँगै बसेर खाँदैमा छुवाछुत हट्ने भए आज यसरी लेख्नुपर्ने थिएन । जबदेखि बुझ्ने भएँ, त्यसवेलादेखि अहिलेसम्म पनि मलाई जातीय विभेदले पछ्याउन छाडेको छैन । गाउँबाट सदरमुकाम पुगेँ, सदरमुकामबाट राजधानी पसेँ, जहाँ पुगे पनि मलाई विभेदले पछ्याउन छाडेन । पाइला-पाइलामा […]
प्रेम सुनार काठमाण्डाै २१ जेठ । ‘सुन्नहोस् है, तपाईंहरुले जति पीडा, वेदना, रोदन र चित्कार छाड्नुहुन्छ उति नै छिटो न्याय पाउनु हुन्छ ।’ शोकाकूल परिवारका सदस्यहरुको मुहारमा क्यामेरा तेस्याउनुअघि युट्युबरहरुले यसरी सम्झाउँछन् । आफन्त गुमाएका शोकाकूल परिवारको स्वतःस्र्फुत आँशु बग्छ । कोही नरोइ एकाग्र भावुक हुन्छन् । पीडा भएपनि रुदारुदा सकिएको आँशु युट्युबरका लागि भन्ने […]
भरत केसी । विचार । महेन्द्र कपुरको एउटा हिन्दी गीत छ, ‘राम ना करे मेरे देशको कभी भी ऐसा नेता नामिले, जो आप ही डुबे, देश भी डुबे, जनताको भी ले डुबे… ।’ गायक यस गीतमार्फत भगवान् रामलाई पुकार गर्दै भन्छन्, ‘मेरो देशलाई यस्तो नेता नमिलोस्, जो आफैँ डुबोस्, देशलाई डुबाओस् र जनतालाई पनि डुबाओस् […]
काठमाण्डाैँ । राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकालि नदी साझा हो, पानी आधा–आधा हो !’ यो नेपालको संसदमा लगातार १० घण्टाभन्दा बढी घन्किएको नारा हो । २०४८ मंसिर १८–१९ गते (डिसेम्बर ४–५, १९९१) तत्कालीन प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणको बेला गरेको टनकपुर सन्धिलाई यो सन्धि होइन सहमति मात्र हो भनेपछि […]
मधुसूदन दवाडी, चितवन, जेठ १५– गणतन्त्र दिवस–२०७६ आज चितवनलगायत देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । झन्डै अढाई सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा […]