होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ: नेपाली सेनामा रोजगारीको अवसर खुलेको छ। भर्ना छनौट निर्देशनालयले लेखा उप सेनानी प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूको लागि दरखास्त आव्हान गरेको हो। पहिलो पटक चैत १४ गते प्रकाशित सूचनामा नेपाली सेनामा रिक्त रहेका पदहरू खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने उल्लेख छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले […]
तत्कालीन नेकपा एमालेले आफ्नो सिद्धान्त बनाएको ‘जनताको बहुदलीय जनवाद’मा जनता भन्ने शब्द पछि थपिएको हो । सुरुवातमा यो सिद्धान्तको नाम बहुदलीय जनवाद थियो । मदन भण्डारी बहुदलीय जनवादको पक्षमा थिए भने सिपी मैनाली समूह नयाँ जनवादको पक्षमा थिए । नयाँ जनवाद पक्षधर समूहको चित्त बुझाउन जनता भन्ने शब्द थपेर जनताको बहुदलीय जनवाद बनाइयो । पूर्वमालेको […]
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा साउन २४ गतेबाट बिदामा बस्दैछन् । कार्यकाल सकिनुभन्दा एक महिनाअघि बिदामा बसेर आफ्ना उत्तराधिकारीलाई कार्यवाहक जिम्मेवारी दिने सैन्य परम्पराअनुसार थापा बिदामा बस्न लागेका हुन् । ४३ औं प्रधानसेनापति पूर्णचन्द्र थापाले जेठ २३ मै पत्रकारहरुलाई साक्षी राखेर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए । त्यसको करिब दुई महिनापछि अर्थात् […]
जिल्ला अस्पताल कालिकोटमा ब्लड बैंक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् । अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुँदा रक्त सङ्कलनमा समस्या भएको बताए । उनका अनुसार यस वर्ष मात्रै २०० युनिट रगत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रदान गरेका थिए । बिरामीलाई […]
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण सम्पन्न भएको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म सडकखण्ड नेपाली सेनाले निर्माण गरेर सडक विभागलाई हस्तान्तरण गरेको हो । नेपाली सेनाले जिम्मा लिएको सात वर्षपछि निर्माण सकिएको हो । विसं २०७१ चैत ५ गतेदेखि काम शुरु गरेको नेपाली सेनाले सो सडकखण्डको निर्माण कार्य […]
नेपाली सेनाले नेपाल प्रहरीलाई अत्याधुनिक हतियार उपलब्ध गराएको छ । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो हतियार नेपाल प्रहरीको तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति […]
१८ असार, काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ ठूलोस्याफ्रुका ३१ वर्षीय पेमा डिम्डुङ परिवारको २८ वटा चौँरी छन् । उनले एक हप्ताअघि लौरीविना भन्ने जँगलमा रहेको चौँरीगोठ लगे । चौँरीगोठमा पेमासहित उनकी श्रीमती बिबिरानी तामाङ र नौ वर्षका छोरा पनि गए । ३२ वर्षीया बिबिरानी गर्भवती थिइन्, तर श्रीमानलाई सघाउन हुन्छ भनेर चौँरीगोठ गएकी थिइन् । […]
१५ माघ, काठमाडौं । अन्ततः नेपाली सेनाका फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेपछि स्वेच्छिक अवकाश लिएर निवृत्तभरण पाउने भएका छन् । पटकपटक जंगीअड्डाले यस सम्बन्धमा पठाउने गरेको प्रस्ताव अर्थ मन्त्रालयबाट अस्वीकृत हुने गरेको थियो । तर, केही प्रावधान फेरबदलसहित हालै पठाइएको प्रस्तावलाई अर्थ र सामान्य प्रशासन मन्त्रालयले स्वीकृति दिएपछि २९ पुसमा बसेको […]
८ माघ, काठमाडौं । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६ माघसम्म भएको तालिममा प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयकी सैनिक जवान राधिका थापाले महिलातर्फ पहिलो पटक तालिम लिएकी हुन् । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार उनी १५ असार २०६९ […]
काठमाण्डाै – नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ । पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संंशोधन अघि बढाएको हो । रक्षा मन्त्रालयको उक्त प्रस्ताव अहिले मन्त्रिपरिषद्मा पुगेको […]
काठमाडौँ – नेपाली सेनाको सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन भएको छ । सेनाको संशोधित नियमावलीका अनुसार नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा नै हुने व्यवस्था गरिएको छ । सेनाले राखेको यो प्रस्तावलाई रक्षा मन्त्रालयले सहमति जनाउँदै कानुन मन्त्रालयलाई पत्राचार गरेको छ । सैनिक स्रोतका अनुसार नयाँ नियमावलीअनुसार अब २०६० साल […]
२३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुको गतिविधि र उनीहरुले सामाजिक सञ्जालमा प्रकट गर्ने अभिव्यक्तिले अनेक किसिमका संज्ञा पाउने गरेका छन् । दुईतिहाइ नजिकको संसदीय बहुमतसहित ओली प्रधानमन्त्री बनेपछि उनका समर्थकहरूका लागि प्रयोग हुने चल्तीका शब्दहरू हुन्– अरिगांल । ओलीको प्रतिरक्षामा उत्रने समर्थकहरुका लागि ‘हनुमान’ र ‘अरिगांल’ शब्द प्रयोग सामान्य बनेकोमा केही दिन […]
नागरिक रैबार मंसिर १८ बाजुरा । नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापा निरिक्षणका लागि सिभिल हेलिकप्टरमा बाजुरा जिल्ला स्थित समरजित गुल्ममा पुगेका छन् । निरिक्षणका क्रममा बाजुरा पुगेका थापाले समरजित गुल्ममा जवानको मेसमा खाना खाएर जवानका समस्या र अबस्थाका बारेमा छलफल गरेको नेपाली सेनाले जनाएको छ । सेनापति थापाले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशमा रहेका सेनाका […]
डोटी: डोटीमा कार्यरत ४० नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। दिपायल सिलगढी नगरपालिका–४ सुल्लेकस्थित नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ४० नेपाली सेनामा संक्रमण देखिएको हो। यसअघि पनि नेपाली सेनाका सोही ब्यारेकमा २१ जनामा कोरोना संक्रमणको पुष्टि […]
काठमाडौं १६ भदौ । पाँच महिना लामो गतिरोधपछि सरकारले आज रातिबाट औपचारिकरुपमा नियमित उडान सुचारु गर्दै छ । मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्ने भने बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउने छ । कोरोनाका कारण सरकारले गत चैत १० गतेबाट सबै हवाई उडानहरु बन्द गरेको थियो । त्यसयता […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा पहिलो पटक नेपाली सेनामा समेत कोरोना देखिएको छ। डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको हनुमान ध्वज गुल्ममा कार्यरत नेपाली सेनामा कोरोना देखिएको हो। २० वर्षीय उनलाई कोरोना पुष्टि भएपछि ब्यारेक भित्रै छुट्टै आईसोलेसनमा राखिएको छ। तर उनको ट्राभल हिस्ट्री भने छैन्। हनुमान ध्वज गुल्ममा कार्यरत २० जना सैनिकको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएकोमा […]
नागरिक रैबार माघ २ अर्थात् वि. स. १९९० मा महाभूकम्प गएको दिन । सो दिनको स्मरणमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधारः दिगो, सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२औं भूकम्प सुरक्षा दिवस बाजुरा जिल्लामा डेमो प्रदर्शन गरि मनाईएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थल जिल्ला समन्वय समिति बाजुराको प्राङ्गणमा एक्कासी भुकम्प आएको […]
माेहन विक्रम सिह विचार एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) इन्डो-प्यासिफिक रणनीति (आईपीएस) को अंग भएको स्वयं अमेरिकाले स्वीकार गरिसकेको छ। त्यस सन्दर्भमा काठमाडौंस्थित अमेरिकी राजनीतिक दूतावास र अमेरिकी असिस्टेन्ट सेक्रेटरी मिसेस एलाइस बेलका वक्तव्यहरू उल्लेखनीय छन्। त्यसरी कुरा आधिकारिक रूपमा नै प्रस्ट भइसकेपछि पनि नेपाल सरकारले त्यो आईपीएस रणनीतिको अंग होइन भनेर प्रमाणित गर्ने जुन प्रयत्न […]