होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १४ मंसिर।हिमाली गाउँपालिकाको धुलाचौरबाट बुढीनन्दा नगरपालिकाको कोल्टी तर्फ आउँदै गरेको जीप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ घर भएका अन्दाजी वर्ष २८ का मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरिक्षक किसोर सिंह ऐरीले जानकारी दिएका छन् । प्रहरीका अनुसार विहिबार विहान करिव […]
राजेन्द्र राेकाया/ काेल्टी १७ कार्तिक। जिल्लाको बुढीनन्दा नगरपालिकाकाे काेल्टीमा आजदेखि प्रथम साईनिङ्ग स्टार कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ । खेल जनकप्रकाश माद्यामिक बिद्यायलयमा संचालन भईरहेको छ । खेलमा २४ टिमको सहभागिता रहेको आयोज साईनिङ्ग स्टार युथ क्लबका अध्यक्ष संजय रोकायाले जानकारी दिनुभएको छ । खेलहरु भोलि बिहान ७ बजेदेखि संचालन हुने भएका छन् […]
नागरिक रैबार/बाजुरा ४ कार्तिक।जिल्लाको बुढीनन्दा नगरपालिकाका ४ वटा वडामा नेपाल टेलिकमको फोर जि सेवा संचालन भएको छ । करिव डेढ बर्षको अथक प्रयासपछि बुढीनन्दा नगरपालिकाको साविकको पाण्डुसैनलाई लक्षित गरेर बनाइएका नेपाल टेलिकमका टावरहरुबाट आजबाट फोर जि सेवा संचालनमा आएको नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् । बुढीनन्दाका नगरबासीलाई टेलिफोन सेवाको पहुँचमा ल्याउने गरी बनाइएका टेलिकमका […]
राजेन्द्र विक बाजुरा,२२असोज यस बर्ष बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन भएपछि जिल्लामै खपत गर्न मुस्किल हुने अवस्था आएको छ । जिल्लामा नै स्याउको खपत गर्न गाह्रो भएपछि बजारीकरणका लागि जिल्ला बाहिरका ठुला सहरहरूमा पठाउने कार्य सुरु गरिएको छ । बाजुराको प्राङ्गारिक स्याउ एक पटक सबैले खाउ भन्ने नाराका साथ बाजुरामा उत्पादित स्याउ बाजुराको सदरमुकाम मार्तडी […]
नागरिक रैबार/बाजुरा १० असोज। खाद्य ब्यवस्था तथा व्यापार कम्पनि लिमिटेडको कोल्टीमा चामल सकिएपछि डिपो नै बन्द गरिएको छ । डिपोमा रहेको माैज्दात चामल सकिएपछि कार्यालयले हिजो एक सूचना जारी गर्दै डिपोले चामल सकिएको जनाएको हो । गत आर्थिक वर्ष २०७९/८० को मौजाद रहेको करीव १५ सय ५२ क्वीन्टल चामल विक्रि वितरण गरि सकिएको र यो […]
नागरिक रैबार/बाजुरा २२ साउन।बाजुराको बुढीनन्दा नगरपालिका २ मा रहेको धुपागाड खोलामा युवाहरुको सक्रियतामा काठेपुल निर्माण गरिएको छ । आईतबार राति परेको अबिरल बर्षासंगै धुपागाड खोलामा आएको बाढीका कारण काठेपुल बगाएपछि आउजाउमा समस्या भएको थियो । खोलाले काठेपुल बगाएर स्थानीयहरुलाई आउजाउ गर्न समस्या भएको थाहा पाएपछि राष्ट्रिय युवा संघ नेपाल बाजुराका सचिव विस्न कार्कीको नेतृत्वमा उक्त […]
नागरिक रैबार बाजुर १० साउन बाजुराकाे काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना रिफर गरेका विरामीको मृत्यु भएको छ । उच्च रक्तचापको समस्या जटिल देखिएपछि रिफर गरिएका मुगुका विर्खलाल कार्कीको स्वास्थ्य केन्द्रमै मृत्यु भएको कार्यालय प्रमुख डाक्टर प्रतिक न्यौपानेले बताएका छन् । कार्कीको थप उपचारका लागि नेपालगञ्ज वा धनगढी मध्ये सिटी स्क्यान सहीको सुविधा भएको अस्पतालमा रिफर […]
नागरिक रैबार/बाजुरा २ साउन। बाजुराको बुढीनन्दा नगरपालिकाकाे कृषि विकास शाखामा कार्यरत एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । नगरपालिकाका कृषि शाखा प्रमुख ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा मृत फेला परेकाे नगरपालिकाले जनाएको छ । उनी क्वाटर अगाडी कुर्चीमा बसी रहेको अवस्थामा मृत भेटिएका इलाका प्रहरी चौकी कोल्टिले जनाएको छ ।बुढिनन्दा […]
नागरिक रैबार/बाजुरा २४ असार।बाजुराको बुढीनन्दा नगरपालिकाले नयाँ आफ्नै डोजर खरिद गरेको छ । नगरपालिकाभित्र भौतिक पूर्वाधार निर्माण तथा सडक निर्माण गर्न आफ्नै डोजर खरिद गरेको नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् । नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार पालिकाले नयाँ डोजर खरिद गरिएको हो । डोजर खरिद पछि नगरपालिका भित्रका अवरुद्ध सडक खुलाउन तथा नयाँ […]
नागरिक रैबार/बाजुरा १९ असार । बाजुराको बुढीनन्दा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । पालिकाभित्र पूर्ण खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएपछि सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार नगरका १० ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चितता गरिएपछि पूर्ण […]
नागरिक रैबार/बाजुरा १६ असार। बुढीनन्दा नगरपालिकाका केशर कुमार बोहराले आफ्नो जन्मदिनको अवसर पारेर एक विद्यालयलाई शैक्षिक र खाद्यन्न सामाग्री सहयोग गरेका छन् । जन्मदिनको अवसरमा बाेहराले बुढीनन्दा नगरपालिका वडा ९ डप्कमा रहेको श्री सिद्धेश्वरी आवासीय विद्यालयमा अध्यनरत टुहुरा,विपन्न,जनजाति,हलिया र खलिया परिवारका ६० जना विद्यार्थीहरुलाई शैक्षिक र खाद्यन्न सामाग्री सहयोग गरेका हुन् । अनेरास्युविका विद्यार्थी नेता […]
नागरिक रैबार/बाजुरा १० असार । बाजुराको बुढीनन्दा नगरपालकिाले ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट प्रस्तुत गरेको छ । संघयि र प्रदेश सरकारको अनुदान, आन्तरकि आम्दानी र राजश्व सहीत ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट आगामी वर्षका लाग प्रस्ताव गरिएको हो । यस वर्ष शिक्षा क्षेत्रलाई […]
नागरिक रैबार/बाजुरा ३२ जेठ।जिल्लाकाे बुढीनन्दा नगरपालिकाले नगरभित्रका ९५ जना कृषकहरूलाई प्राेत्साहन सहित सम्मान गरेकाे छ । नगरपालिकामा २०७९/०८० मा संचालित कृषक संंग नगर प्रमुख कार्यक्रम अन्तर्गत बुढीनन्दाले प्रति कृषकहरूलाई २५ सयका दरले प्राेत्साहन सहित सम्मान गरेकाे हाे । बुढिनन्दा नगरपालिकाकाे आयाेजनामा २०७९ असाेज १६ र १७ गतेका दिन बडा दशैंकाे अवसरमा आयाेजना गरिएकाे कृषि मेला […]
१) त्रिबेणी नगरपालिकामा ३० करोड ७७ लाख २) बडिमालिका नगरपालिकामा ३० करोड २२लाख ३) बुढीगगा नगरपालिकामा ३७करोड ७ लाख ४) बुढीनन्दा नगरपालिकामा ३१ करोड ५९ लाख ५) गौमुल गाँउपालिकामा २५ करोड ४७ लाख ६) खप्तड छेडेदह गाँउपालिकामा ३१ करोड ६० लाख ७) जगन्नाथ गाँउपालिकामा १९ करोड ३७ लाख ८) स्वामिकार्तिक खापर गाँउपालिकामा २४ करोड ७३ […]
नागरिक रैबार/बाजुरा १२ जेठ।बाजुराको बडीमालिका नगरपालिका २ को भौनेरा, ९ को अनाई खोला र बुढीनन्दा नगरपालिकाको दानसाँगुमा बेलिव्रिज पुल निर्माण गरिने भएका छन् । सडक निर्माण भएर यातायात संचालनमा आएका भएपनि वर्षातको समयमा यी खोलाहरुमा पक्की पुल नहुँदा यातायात सेवा बन्द हुने गरेको थियो । यी ३ वटै खोलामा बेलिब्रिज निर्माण हुने भएपछि सदरमुकाम मार्तडीसम्म […]
नागरिक रैबार/बाजुरा ११ जेठ।बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले निर्वाचनका बेला जनतासंग गरेका बाचाहरु पुरा गर्न लागि परेको बताएका छन् । बुढीनन्दा नगरपालिकाको आयोजनामा पहिलो वर्षको समिक्षा कार्यक्रममा बोल्दै मेयर बोहराले चुनावताका बेला गाउँगाउँमा जाँदा गरेका बाचा अनुसारका कामहरु नगर सरकारले पहिलो प्राथमिकतामा राखेर गरिरहेको बताएका छन् । उनले बुढीनन्दा नगरपालिकामा पहिलो वर्ष स्वास्थ्य, […]
नागरिक रैबार/बाजुरा ११ जेठ। बाजुराको बुढीनन्दा नगरपालिकाले नयाँ जनप्रतिनिधी आएको एक वर्षको उपलव्धीको सार्वजनिक समीक्षा कार्यक्रम गरेको छ । दोस्रो पटकका लागि निर्वाचित भएर आएको स्थानीय सरकारले एक वर्षमा गरेका उपलव्धी र आगामी आर्थिक वर्ष ०८०/०८१ को नतिी तथा कार्यक्रममा समावेश गर्नुपर्ने योजनाको सुझाव सहितको समीक्षा गरेको हो । एक वर्षका कार्यकालको उपलव्धीको सार्वजनिक सुनुवाई गर्नुका […]
नागरिक रैबार। जिल्लाको बुढीनन्दा नगरपालिका सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुढीनन्दा नगरपालिकाको आयोजना र राष्ट्रिय सूचना आयोग काठमाडौको सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको हो । नगरपालिकाबाट जनताले हरेक सूचनाहरू सहज रूपमा पाउन भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले बताएको छ ।अन्तरक्रिया कार्यक्रमकोे राष्ट्रिय सूचना आयोगका सूचना […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। जिल्लाको बुढीनन्दा नगरपालिका २ स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ३ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ । बुढीनन्दा नगरपालिकाको आयोजना र एकएक पाइला, गेटा आखा अस्पतालको समन्वयमा उक्त निःशुल्क बृहत स्वास्थ्य शिविर हुने भएको हो । पुर्वीउत्तरी क्षेत्रका नागरिकहरुको स्वास्थ्य समस्यालाई मध्येनजर गर्दै बुढीनन्दा नगरपालिकाले यहि बैशाख २४ गतेदेखि […]
नागरिक रैबार/बाजुरा २४ चैत्र।बाजुराको बुढीनन्दा नगरपालिका २ स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले एक दशकपछि स्थायी डाक्टर पाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा एक जना मेडिकल अधिकृतको स्थायी दरवन्दी भएको भएपनि करार सेवाका डाक्टरहरुले सेवा दिदै आएका थिए । बुढीनन्दा नगरपालिकाको अथक प्रयासपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतको स्थायी दरवन्दी अनुसार डाक्टर प्रतिक न्यौपाने […]