होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार फागुन १८ गते नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि काम विशेषले उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्नेगरी संघीय संसद् सचिवालयलाई जनाकारी गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले संसद् […]
काठमाडौं, १८ फागुन । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने […]
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरुलाई फागुन २१ गतेका लागि शपथ राखिएको छ ।गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरुका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा शपथ राखिएको संघीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० अनुसार कुनै सदस्यले नेपालमा […]
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा सत्तारूढ दल नेकपा(माओवादी केन्द्र)ले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि गठबन्धन अप्ठ्यारोमा परेको छ । बुधबार सम्पन्न माओवादीको स्थायी समिति बैठकले आगामी निर्वाचनमा अध्यक्षका लागि उम्मेदवारी दिने निर्णय गरेको हो । प्रवक्ता अग्निप्रसाद सापकोटाले एकल उम्मेदवार उठाउने विषय रणनीतिक नभई कार्यनीतिक विषय भएकाले गठबन्धनमा कुनै असर नपर्ने दाबी गरे । […]
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो । बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्नेछिन् । आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि विनियोजन […]
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले लिने भन्ने विषयमा देखिएको विवादका कारण सत्ता गठबन्धन भत्किन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र सरकारको समेत नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र दुवैले राष्ट्रिय सभाको अध्यक्ष ताकेपछि अध्यक्ष नेपालले प्रचण्डलाई भेटेर यस्तो सुझाव दिएका हुन् […]
काठमाडौं । माओवादी केन्द्रले स्थायी कमिटी सदस्य खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेता र इन्चार्ज दुवै पदबाट हटाएको छ । माघ दोस्रो साता संसदीय दलका बहुमत सदस्यले भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चुनेको थियो । माओवादी प्रदेश कमिटीले भने त्यो निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । बुधबार बसेको माओवादी स्थायी कमिटी […]
डडेल्धुराः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डडेल्धुरा आउँने भएका छन्।एमाले डडेल्धुरा जिल्लाको ९औँ अधिवेशनको उद्धघाटनका लागि ओली डडेल्धुरा आउन लागेका हुन्। नेकपा एमालेको जिल्ला अधिवेशन जोगबुडाको परशुराम नगरपालिकामा पाल्गुन ३० गते हुने भएको छ। सोमवार अधिवेशन लोगो सार्वजनिक गर्दै नेकपा एमाले जिल्ला कमिटि डडेल्धुराले ९औँ अधिवेशन परशुराम नगरपालिका १२ लालढुंगा बजारको रंगशालामा हुने जानकारी […]
दैलेख– नारायण नगरपालिकाले विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।विद्यालयमा देखिएका समस्यासँगै बालबालिकाले भोग्दै आएका व्यवहारिक कुरालाई नीतिगतरूपमा समाधान गर्ने उद्देश्यले नगरपालिकाले विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रम ल्याएको हो । नारायण– ११ टाटामाखु स्थित रैनादेवी माध्यमिक विद्यालयबाट सञ्चालन गरिएको सो कार्यक्रमको मुख्य ध्येय बालबालिकाले विद्यालयमा भोग्दै आएका समस्या समाधान गर्ने, उनीहरूमा रहेको अन्तर्निहित क्षमताको पहिचान […]
काठमाडौँ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दै छ । मंगलबार समितिको बैठक बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो । बुधबार सिंहदरबारस्थित समितिको हलमा बिहान ११ बजे पुनः बैठक बोलाइएको छ । आजको बैठकमा समितिमा उठेका सवाल र निर्देशनहरूका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ । […]
विराटनगर । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि प्रतिनिधिसभा अन्तर्गत खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपनिर्वाचनको मिति तोकिएको छ । उक्त निर्वाचनमा नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट को उम्मेदवार होला भन्ने चर्चा सुरु भएको छ । रास्वपाका एक नेताले पार्टीका […]
जाजरकोट : भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिमका प्रभावित पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।यसैबीच सोमबार दिउँसो सदरमुकाम खलंगामा बसेको जिल्ला विपद् न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले जाजरकोटलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माणका काम […]
देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर सङ्घका उपाध्यक्ष इन्द्र फालमगरले बताए । मगर संघ स्थापना दिवसका अवसरमा […]
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । आफूहरूले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र आवश्यक कारबाही गर्नुपर्ने भन्दै एमालेले बैठक अवरुद्ध पारेको हो । यसअघि बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले तीन मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । पन्तले स्वास्थ्य मन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश […]
काठमाडौं । नेकपा एमालेको सातौं केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने भएको छ ।आजको बैठकमा समूहगत रुपमा भएका छलफलका सुझावहरु प्रस्तुत हुने छ । ती सुझावहरु समेटेर सचिवालयले आगामी वर्षका लागि पार्टीको शुद्धीकरण र सुदृढीकरणको कार्यक्रम तय गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिए ।मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा ४ वटा कार्ययोजनाहरु […]
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुने भएको छ । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको हो । केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको […]
काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यस वर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ […]
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा […]
बाजुराः सुदूर पहाडका विकट वस्तीमा खाद्यन्नको आपुर्ति सहज छैन्।समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यन्नको ढुवानी नगर्दा स्थानीयले दुःख पाउने गरेका छन्। बाजुरा सदरमुकाम मार्तडीमा रहेको खाद्य कम्पनीमा चामल किन्नेको भिड नै लाग्ने गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सस्तो मूल्य पर्ने मोटा चामल बिक्री गर्न थालेपछि किन्नेको भिड नै लाग्ने गरेको हो। सो […]
नागरिक रैबार/बाजुरा २८ माघ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको अध्यक्षमा भरत बहादुर थापा चयन भएका छन् । जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेशमा निर्वाचित भएपछि आज बसेकाे जिल्ला कमिटीकाे बैठकले रिक्त रहेकाे अध्यक्ष पदमा भरत बहादुर थापालाई जिम्मेवारी दिने निर्णय गरेको हो । त्यस्तै उपाध्यक्षमा उपसचिव जनक कुमार बोहारा, सचिवमा […]