सोमवार, असार २२, २०७७
जोडिनुहोस
  • होमपेज
  • सामाजिक सञ्जाल
  • कर्मचारीकाे आवरणमा लुकेर राजनीति गर्नेलाई रङ्गे हात समात्छाै: नेता रावत
सामाजिक सञ्जाल

कर्मचारीकाे आवरणमा लुकेर राजनीति गर्नेलाई रङ्गे हात समात्छाै: नेता रावत

नागरिक रैबार/बाजुरा ७ जेठ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाजुराका सचिवालय सदस्य पुरबहादुर रावतले बाजुरा जिल्लामा कर्मचारीकाे आवरणमा लुकेर राजनीति गर्नेलाई रंगेहात समात्ने चेतावनी दिएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमार्फत लेखेर भनेका छन् राष्ट्र सेवा गर्ने राष्ट्रसेवकलाई हाम्राे दरिलाे साथ रहन्छ तर कर्मचारीकाे आवरणमा लुकेर राजनीति गर्ने जाे सुकै कर्मचारीलाई रङ्गे हात समात्ने छाै ।

बाजुरा जिल्लामा केही दिन यता राष्ट्र सेवक कर्मचारीहरूले राजनीतिक दलकाे आडमा टेकेर नागरिककाे सेवालाई समेत प्रभावित बनाएकाे भन्दै राजनीति दलका भातृ संगठनहरूले कर्मचारी विरूद्व प्रशासनमा ज्ञापन पत्र बुझाएका थिए ।

विज्ञापन

कर्मचारीहरूले अाफुहरूलाई बाजुरा जिल्लामा स्वतन्त्र रूपमा नागरिकहरूकाे सेवा गर्न दिन अाग्रह गरेका छन् ।
उनीहरूले कर्मचारी माथि राजनीतिक दृष्टिकोण राखि काेही कसै राष्ट्र सेवक कर्मचारीलाई सेवा प्रवाहमा अवरोध नपुर्याउन राजनीतिक दललाई ध्यानाकर्षण गरेका छन् ।

साथै कर्मचारीले सेवाग्राहीलाई राजनीति हिसाबमा नहेरी समग्र जिल्लाकाे विकासमा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार