सोमवार, असार २२, २०७७
जोडिनुहोस
  • होमपेज
  • सेलिब्रेटी
  • दैनिक व्यायाम गर्दै राजेश हमाल
सेलिब्रेटी

दैनिक व्यायाम गर्दै राजेश हमाल

नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छन् । कुनै समय मोबाइल पनि नबोक्ने यी नायकलाई अहिले सामाजिक सञ्जालको नशाले राम्रैसँग छोएको छ ।

नायक हमाल लकडाउनको समय घरमा छन् । उनी हरेक दिन सामाजिक सञ्जालमा कुनै न कुनै तस्वीर र भिडियो अपलोड गरिरहेका हुन्छन् । नायक हमालले विशेषगरी सामाजिक सञ्जालमा लकडाउनको समयमा आफूले व्यायाम गर्दै गरेको तस्वीर र भिडियो बढी पोस्ट गरेका छन् ।

लकडाउनको समय आफूलाई फिट राख्नको लागि र आफ्नो स्वस्थ्यलाई ख्याल गर्दै नायक हमाल निरन्तर व्यायाम गर्दै आएका छन् ।

विज्ञापन

हरेक दिन बिहान व्यायाम गर्ने कुरामा मात्र होइन, उनी खानेकुरामा पनि उत्तिकै सजग छन् । हमालको यो मेन्टेनबाट अहिलेका युवाहरूले धेरै कुरा सिक्न सक्छन्। नायक हमालको व्यायामले पक्कै पनि उनका शुभचिन्तकहरूमाझ गज्जबको छाप छाडेको हुनुपर्छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार