शुक्रबार, मंसिर २०, २०७६
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बम पड्काएर नेकपाले उपचुनाव जित्योः सभापति देउवा
राजनीति

बम पड्काएर नेकपाले उपचुनाव जित्योः सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाले बम पड्काएर उपचुनाव बढी जितेको दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार भीमबहादुर तामाङको सातौं स्मृति सभामा देउवाले सरकारले सत्ताको दूरुपयोगका साथै बम पड्काएर चुनावी नजिता आफ्नो पक्षमा परेको बताए ।

उनले भने, ‘पोखरामा काँग्रेसको बाहुल्यता भएको ठाउँमा बम पड्काए, मतदाता भड्काए । काँग्रेसले जित्ने ठाउँमा मतदाता त्रसित गराएर नेकपाले चुनाव जत्यो ।’

देउवाले उपनिर्वाचनको निष्पक्षतामाथि पनि प्रश्न उठाए । साथै उनले प्रहरी प्रशासनले सरकार पक्षका उम्मेदवारलाई जिताउन सघाएको आरोप पनि लगाए । उनले भने, ‘चुनावमा प्रहरी प्रशासन निष्पक्ष भएनन्, जहाँजहाँ धाँधली गरेका छन् त्यहाँ छानबिन गर्दैछौं ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार