शुक्रबार, मंसिर २०, २०७६
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छतारामा उपनिर्वाचनका लागी मतदान जारी २ सय मत खसे
समाचार

छतारामा उपनिर्वाचनका लागी मतदान जारी २ सय मत खसे

नागरिक रैबार/ बाजुरा १४ मंसिर । जिल्लाको त्रिवेणी नगरपािलका वडा नं १ छतारामा उपनिर्वाचनका लागी मतदान जारी रहेको छ । त्रिवेणी नगरपािलका वडा नं १ छताराका स्थानिय ७० वर्षिय अर्जुन बहादुर बुढाबाट विहान ७ बजे मतदान सुरु भएको थियो । हाल सम्म २ सय मत खसेकेकाे र मतदान गर्ने प्रक्रिया जारी रहेको वडा अध्यक्ष मिन बहादुर भण्डारीले जानकारी दिनुभएको छ ।
बिहान ७ बजेदेखि जारी मतदान प्रकृया बेलुका ५ बजेसम्म चल्ने छ । निर्वाचनलाई शान्तिपूर्ण, मर्या्दित र सहज गराउन सुरक्षाकर्मी परिचालन भएका छन् । मुख्य निर्वाचन कार्यालयले ढुक्क भएर सबैलाई मतदानमा सहभागी हुन आग्रह गरेको छ । बिहानैदेखि मतदाताहरुको लाईन लामो रहेको त्रिवेणीका वडा अध्यक्ष भण्डारीले  बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार