शनिबार, मंसिर २८, २०७६
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘बल्छी धुर्बे’को नामबाट फिल्म बन्ने
मनोरञ्जन

‘बल्छी धुर्बे’को नामबाट फिल्म बन्ने

हाँस्यश्रृखला ‘मेरी बास्सै’का चर्चित पात्र ‘बल्छी धुर्बे’को नामबाट पनि फिल्म बन्ने भएको छ । लुम्बिनी मुभि मेकरले यो नामबाट फिल्म निर्माण गर्न लागेको हो ।

राजधानीमा आयोजित एक कार्यक्रममा शुभमूर्हुत गरिएको फिल्म काठमाडौँ र उपत्यकाबाहिर छायाँकन हुने निर्माण युनिटले जनाएको छ ।

आश्मा तिवारी, प्रेरणा वोहरा, सुरेन्द्र बराल, दिपक घिमिरे , अर्चना सुवेदी, योजना पुनमगर, रामशरण खत्री, राजन श्रेष्ठ, संगम प्रजापती, लालप्रसाद सापकोटा र दीपक भण्डारीलगायतको मुख्य भूमिका रहने फिल्ममा बालकलाकार युना खड्का र समिर प्रजापतिको पनि अभिनय रहनेछ ।शंकर अधिकारी घायलको गीत, दीलिप कहरको छायाँकन, विवेक थापा र राजन मर्हजनको नृत्य रहने फिल्म केदार मल्लले निर्देशन गर्न लागेका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस