आइतवार, मंसिर २२, २०७६
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे अस्पताल
स्वास्थ्य-जीवनशैली

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे अस्पताल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

चिकित्सकहरुले शल्यक्रिया सफल भएको र प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका विषयमा अध्ययन गरिरहेको प्रचण्डलाई जानकारी गराए । चिकित्सकहरुले अझै एकदुई दिन प्रधानमन्त्रीलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् ।

विज्ञापन

प्रधानमन्त्री ओलीको मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अपरेसन गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा। रमेशसिंह भण्डारीको टोलीले प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेसन गरेका थिए । प्रधानमन्त्री ओलीलाई कम्तीमा तीन दिन अस्पतालमै राखिने भएको चिकित्सकले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस