शुक्रबार, मंसिर २०, २०७६
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो
अन्तर्राष्ट्रिय

रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन।

काठमाडौं : नेपाल सरकारले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्तो पठाएको छ। रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको औपचारिक निमन्त्रणा पत्र  रुसका राष्ट्रपति  भ्लादिमिर पुटिनलाई  हस्तान्तरण गरेका हुन्।

त्यस्तै, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका प्रधानमन्त्री दिमयित्री मेदभेदेवलाई नेपाल भ्रमणका लागि पठाएको  निमन्त्रणा पत्रमा पनि हस्तान्तरण गरेका छन्। औपचारिक निमन्त्रणा पत्र मन्त्री ज्ञवालीले विदेशमन्त्री लाभ्रोभलाई सोमबार नै हस्तान्तरण गरेका हुन्।

यस्तै, परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री लाभ्रोभलाई पनि नेपाल भ्रमणका लागि आमन्त्रित गरेको बताए। नेपालमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उच्चस्तरीय भ्रमणको चर्चा चल्दै गर्दा यसरी औपचारिक निम्ता पठाइएको हो । दुई देशबीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानले आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

विज्ञापन

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहितको उच्च प्रतिनिधिमण्डलले सोमबार रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभसँग भेटवार्ता गरेका थिए । ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार रुस र सर्वियाको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए।

मन्त्री ज्ञवालीसहितको प्रतिनिधमण्डलले रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभसहितको रुसी प्रतिनिधिमण्डलसँग भेटवार्ता नेपालका लागि निकै फलदायी रहेको प्रतिक्रिया दिएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

बाजुरामा क्याम्पस प्रमुखको राजीनामा मागसहित अनिश्चितकालीन तालाबन्दी
शिक्षा
बाजुरामा क्याम्पस प्रमुखको राजीनामा मागसहित अनिश्चितकालीन तालाबन्दी

बाजुराको मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ।  नेविसङ्घ बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्रमुख पण्डितको राजीनामासँगै सातबुँदे मागको आवश्यक छानबिन गर्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेको एकाइ सचिव धनबहादुर थापाले बताएका छन्। आर्थिक अनियमितताको आरोपसहित नेविसङ्घले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको हो। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत आङ्गिक क्याम्पसको […]

  • ३ हप्ता अगाडि