मङ्लबार, माघ १४, २०७६
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बाजुराका अर्गानिक आलु पोखरा लगिए
बडीमालिका

बाजुराका अर्गानिक आलु पोखरा लगिए

नागरिक रैबार/बाजुरा २३ कार्तिक। बाजुराको ढम्कनेमा फलेका अर्गानिक ४० क्वीन्टल आलु पहिलो पटक नेपालकै दोस्रो ठुलो शहर पोखरामा लगिएका छन् ।

कृषि ज्ञान केन्द्र बाजुराको बजारीकरण सहयोग तथा ढम्कने कृषि सहकारी स‌स्थाकाे  समन्वयमा स्थानीयले उत्पादन गरेका आलु पहिलोपटक पोखरा लगिएका हुन् ।

पोखरा शहरमा बाजुरामा फलेका आलुको बजारीकरण गर्नका लागि एग्रो मार्टका ओमप्रकाश बराल, पोखरा उपमहानगरपालिका कृषि विकास महा–शाखा र दिर्घ साउँदको ढुवानी सहयोगमा उक्त आलु पोखरा लगिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

विज्ञापन

Image may contain: Govinda Sijapati and Min Prasad Jaishi, people standing and outdoor

सदरमुकाम मार्तडीदेखि ३ घण्टा पैदल दुरीमा रहेको बडीमालिका नपा. ७ ढम्कने आलु उत्पादनको नमुना क्षेत्रका रुपमा चिनिदै आएको छ ।
यस अघि दुई दिन सम्म संचालन भएको प्रथम ढम्कने आलु महोत्सवमा १ हजार क्वीन्टल आलु विक्रिवितरणका लागि राखिएका थिए ।

Image may contain: one or more people, mountain, sky, outdoor and food

उक्त आलु विक्रि वितरणका लागि पहिलो पटक पोखरा लगिएका कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिन प्रसाद जैशीले बताएका छन् ।
कृषि केन्द्र बाजुराले पोखरावासी सम्पुर्ण उपभोक्ता लाई एकपटक बाजुराको स्थानीय अर्गानिक आलुु किनेर सहयोग गर्न समेत आग्रह गरेको छ ।
स्थानीयहरुले उत्पादन गरेका आलुको बजारीकरण गर्नका लागि कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्दैै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस