आइतवार, मंसिर २२, २०७६
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • काबुलमा अमेरिकी दूतावास नजिकै बिस्फोट, कम्तीमा १० को मृत्यु
अन्तर्राष्ट्रिय

काबुलमा अमेरिकी दूतावास नजिकै बिस्फोट, कम्तीमा १० को मृत्यु

काबुल, भदौ १९  अफगानिस्तानको राजधानी काबुलमा बिहीबार बिहान विदेशी कूटनीतिक नियोगहरू भएको क्षेत्रमा कार बम बिस्फोट भएको छ।

स्थानीय समयअनुसार बिहान सवा दश बजेतिर शासदरक क्षेत्रमा अमेरिकी राजदूतावास नजिकै भएको बिस्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

आतंकवादी समूह तालिबानले बिस्फोटको जिम्मा लिएको छ।

विज्ञापन

यसअघि सोमबार राति पनि तालिबानले काबुलमा बिस्फोट गरेको थियो। उक्त बिस्फोटमा परी १६ जनाको ज्यान गएको थियो। तीमध्ये दुई जना नेपाली सुरक्षा गार्ड भएको बताइएको छ तर परराष्ट्र मन्त्रालयले त्यसको पुष्टि गरेको छैन।

अमेरिका र तालिबानबीच भएका विभिन्न चरणका वार्तापछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने सहमति भएको छ।

१८ वर्षअघि आएका अमेरिकी सेना फिर्ता हुन लाग्दा तालिबानले  आक्रमणलाई तीव्रता दिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

बाजुरामा क्याम्पस प्रमुखको राजीनामा मागसहित अनिश्चितकालीन तालाबन्दी
शिक्षा
बाजुरामा क्याम्पस प्रमुखको राजीनामा मागसहित अनिश्चितकालीन तालाबन्दी

बाजुराको मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ।  नेविसङ्घ बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्रमुख पण्डितको राजीनामासँगै सातबुँदे मागको आवश्यक छानबिन गर्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेको एकाइ सचिव धनबहादुर थापाले बताएका छन्। आर्थिक अनियमितताको आरोपसहित नेविसङ्घले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको हो। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत आङ्गिक क्याम्पसको […]

  • ३ हप्ता अगाडि

सिफारिस